Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

“प्रधानमन्त्रीज्यूले जे भन्नु भएको छ त्यहीँ अधिकारिक हो” : प्रचण्ड

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण फलदायी रहेको बताएका छन् ।

भारतको चार दिने भ्रमण सकेर आईतबार स्वदेश फर्केका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दिल्लीमा भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी लगाएत अन्य मन्त्री तथा नेताहरुसँग महत्वपूर्ण भेटघाट भएको बताए ।

प्रचण्ड भारत सरकारको निमन्त्रणामा भदौ २१ गते दिल्ली प्रस्थान गरेका थिए । उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए ।

‘राष्ट्रको समग्र हित र दुवै देशका प्रधानन्त्रीको भ्रमण आदान प्रदानकाबीच भएका सहमति समझदारीहरुको कार्यान्वयनको निम्ती वातावरण बनाउने विषयमा छलफल भयो’ ।

दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै प्रचण्डले स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना भएको पनि बताए ।

‘म भारत जाने बेलामा सवै नेपाली जनताको अघि भनेको थिए, नेपालमा धेरै वर्षपछि स्थिर सरकार बनेको छ । विकास निर्माणका कामलाई मुख्य रुपमा एजेण्डा बनाएर छलफल अगाडि बढाउने र सरकारले गरेका समझदारी कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्य मात्रै मेरो भ्रमणमा छ भनेर मैले भनेको थिए ।

त्यसैअनुसार छोटो समय भएपनि निकै व्यस्तताका बावजुत धेरै महत्वपूर्ण भेटघाट भए ।’

मन्त्री फेरबदलको चर्चा चलिरहेको प्रसङ्गमा प्रचण्डले भने ‘प्रधानमन्त्रीज्यूले जे भन्नु भएको छ त्यहीँ अधिकारिक हो’, उनले भने, ‘मैले फरक प्रसङ्गमा गल्ती गर्दा चाहिँ मन्त्रीलाई कारबाही हुन्छ भनेको थिए ।’

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायत अन्य नेताहरुसँग भेटवार्ता गरेको बताए ।


ताजा समाचार