अज्ञात रोगले छेडागाडमा एकै घरका १५ सहित १ सय २५ बाख्रा मरे
जाजरकोट । जाजरकाेटकाे छेडागाड नगरपालीकामा अज्ञात राेगले एकै घरका १५ अाेटा सहित १ सय २५ अाेटा बाख्रा मरेका छन । दुइ साता देखि फलिएकाे अज्ञात राेगले साे संख्याम मरेका हुन । नगरपालिकाको जाल्मामा ,काल्चयाना ,भुर्ना ,भुडारे , अरिचितमा फैलीएकाे अज्ञात महामारी फैलिएको छेडागाड नगरपालिका पशुपन्छि बिकास प्रमुख कपिल प्रसाद उपाध्याले जानकारि दिए ।
रोग लागेर ३५ घर धुरीका १ सय २५ जति वटा बाख्रा मरिसकेका छन् । हाल राेग नियन्त्रनकाे लागि नगर पशु शाखा बाट क्षेत्रिय पशु कार्यालय सुर्खेत फाेक्साे ,कलेजाे अान्द्रा मृगाैला ,सिगान गरि ७ प्रकारकाे सेम्पल लिएर ल्यावकाे लागि सुर्खेत पठाएकाे उपाध्याले जानकारी दिए । प्रभाबीत क्षेत्रमा नगर पशु कर्मचारीकाे १२ जनाकाे टिम नगरमा परिचालन भएकाे छेडागाड नगरपालिका वडा न १ का वडा अध्यक्ष गणेश प्रसाद जाैसीले जानकारी दिए ।
राेग पहिचान भए पछि बिद्यालय र चाेक, चाेकमा जनचेतना कार्यक्रम अासपासका क्षेत्रमा पशु शिविरकाे रूपमा काम अगाडि बढाउने जैसीले जानकारी दिए । हाल नगरपलिका वडा न १ का जनप्रतिनिधि परिचालन भएका छन बर्खाले बाटाे नहुदा एक बस्ती बाट अर्काे बस्तिमा पुग्न कठिन छ उनले भने ।
राेग बाट हाल ३३ घरकाे अन्दाजी १२ लाख जतीकाे क्षती भएकाे उपाध्याले जानकारी दिए । टाउको सुनिने, पित्तको आयतन बढ्ने, कलेको रंग निलो हुने, सिंगान बग्ने, भुढी ढारिने, दिसापिसाव बन्द हुने लक्ष्यन देखा परेर बाख्राहरु मर्ने गरेको उपाध्याकाे भनाइ छ ।