Loading... आजः मङ्लबार, अशोज ५, २०७८

गोर्खाबाट उडेको हेलिकोप्टर सम्पर्कविहीन खाेजिकार्य जारी

काठमाडौं । गोर्खाको मनास्लु क्षेत्रमा पर्यटकहरु छाडेर काठमाडौं फर्किँदै गरेको एक हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।चुमनुब्री गाउँपालिकाको १ र २ नम्बरको सीमा क्षेत्रमा पर्ने सानागाउँबाट फर्किँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर शनिबार बिहान सम्पर्कविहीन भएको हो ।

गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सँग हेलिकोप्टर सम्पर्कविहीन भएको भने, ‘सानागाउँबाट २५ माइल क्रस गरेपछि सम्पर्कविहीन भएको जानकारीमा आएको छ । शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो। उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए।

‘हेलिकप्टर धादिङकाे कुनै गाउँमा अवतरण भएको आशंका छ, हामी लोकेसन पत्ता लगाउँदै छौं,’ कम्पनीको अर्को हेलिकप्टर लिएर खोजीमा रहेका अल्टिच्युडका सञ्चालक सीताराम सापकोटाले जानकारी दिए। काठमाडौं विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार, यो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो।

महाप्रबन्धक क्षेत्रीले एक वृद्ध महिलासँग कुरा भएको बताउँदै उनले आफु कुरा गर्न सक्ने अवस्थामा नरहेको बताएकी छन्। घटनास्थल धादिङको रिम्झी आसपासमा रहेको अनुमान छ।

यो हेलिकप्टर एयबस कम्पनीको बिथ्रीई भर्सनको हो। अल्टीच्यूटले २ वर्षअघि यसलाई कार्गोमार्फत ल्याएर यतै एसम्बल गराएको थियो।

स्थानीय बासिन्दामार्फत नुवाकोट र धादिङको सिमाना मोघाङ गाउँपालिका १ र २ को बीचमा पर्ने बसन्ते जंगलमा देखिएको सूचनाका आधारमा धादिङको दार्का प्रहरी चौकी र नुवाकोटबाट प्रहरी टोली खटाएको एसपी डम्बरबहादुर विकले बताए।

काठमाडौं विमानस्थलका प्रवक्ता प्रताब बाबु तिवारीका उद्धारकालागि गएको अल्टीच्युटको हेलिकप्टर मौसमको खराबीकाकारण घटनास्थलमा अवतरण गर्न नसकेर फर्किएको छ । घटनास्थल नजिकैको प्रहरी परिचालन गरिएको छ । तर उनीहरु घटनास्थल पुगिसकेका छैनन ।

हाल खाजिकार्य जारी रहेकाे विस्तृत विवरण आइसकेको छैन ।’


ताजा समाचार