Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

पुस्तक पुगेन पुस्तकालयमा, बिल मिलाई भुक्तानी


जाजरकोट, २३ भदौ । जाजरकोटको एक बिद्यालयमा आर्थिक बर्ष बितेको २ महिना पुगेपनि पुस्तालयको पुस्तक पुग्न सकेको छैन । जिल्लाको कुशे गाउँपालीका वडा न २ मा रहेको मान्य ढुगा माध्यामिक बिद्यालयमा हाल सम्म पनि पुस्तालयको पुस्तक पुग्न नसकेको हो ।

आर्थिक वर्ष २०७४÷०७५ मा पु¥याउनु पर्ने पुस्तालयको पुस्तक हाल सम्म पनी पु¥याउन नसकेको ब्यवस्थापन समितिले जानकारी दिएको छ । साबिकको जिल्ला शिक्षा कार्यालय जाजरकोट बाट आ.व भित्र बिद्यालयमा पुस्ताकालयको पुस्तक पु¥याउने गरि गरिएको सम्झौता बिपरित पुस्तकालयको लागि ६ लाख ५० हजार बजेटमा १ लाख २५ हजारको मात्र पुस्तकालयको पुस्तक खरिद गरिएको अन्य रकम अन्यमिता भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनमाया शाहीले जानकारि दिइन ।

शाहीका अनुसार पुस्तकालयको १ लाख २५ हजार बाहेक अन्य रकमको पुस्तकहरु साउन मसान्त सम्म बिद्यालयमा पुर्याउनको लागि ब्यबस्थापन समितिले बिद्यालयका लेखापाल धिरेन्द्र बहादुर सिंहलाइ लिखित कागज गरेपनि हाल सम्म पुस्ताकालयको पुस्तक नपुगेको समेत शाहीले जानकारी दिइन् । आर्थिक बर्ष सकिएको २ महिना वितिसक्दा पनि बिद्यालय लेखापाल र शिक्षकको मिलोमतोमा हालसम्म पनि पुस्तक पुग्न नसकेको स्थानीय बासीले आरोप छ ।

उता बिद्यालयका लेखापाल धिरेन्द्र बहादुर सिंहले १ लाख २५ हजारको पुस्तालयको पुस्तक बिद्यालयमा पुगिसकेको र बाँकी पाठ्य पुस्तक कहिले बर्षले बाटो अवरुद्ध हुदा ढुवानिमा समस्या भएको त कहिले पुस्तक खरिदको जिम्मा लिएको भेरी स्टेसनरी जाजरकोटले समयमा पुर्याउन नसकेको बाहना बनाउदै किताब लिन अटेर गरेको स्थानियहरुले जानकारी लिलित सिंहले बताए । लेखापाल सिंहका अनुसार हाल बर्खाले बिद्यालयको पहुचमा सडक सञ्जाल नभएको कारण सडक सुचारु हुन बितिकै बिद्यालयमा पाठ्यपुस्तक पुर्याउने दाबि गरेका छन् ।

उनले बिद्यालयमा १ लाख २५ हजारको मात्र पुस्तक पुर्याएको स्वीकारेका छन् । यस्तै पुस्तक खरिदको जिम्मा पाएको भेरी स्टेसनरी जाजरकोटले बिद्यालयको पुस्ताकालयको पुस्तक गत फागुनमा जाजरकोट पुर्याइसकेकोले लिन्छु भन्दै आइरहेको बताए ।
                                                      बिल बिना पुस्तालयको रकम भुक्तानी
मान्य ढुगा माध्यामीक बिद्यालयमाको पुस्तालयको रकम बिल बिना भुक्तानी भएको छ । जिल्ला शिक्षा समन्वय इकाइले गत आर्थिक वर्षको आर्थिक बर्षको अनुदान पुस्तकालयको पुस्तक खरिद कार्यक्रम अन्तरर्गत जिल्ला समन्वय शिक्षा इकाई कार्यालय जाजरकोटले बिल बिना बिद्यालय ब्यवस्थापन समितिकिो खाताम पुस्तकालयको लागी बिनियोजन गरिएको ६ लाख ५० हजार बजेट भुक्तानी गरेको हो ।

जिल्लम समन्वय इकाई प्रमुख सुधिन राज बुढाथोकिका अनुसार बजेट फ्रिज गराउनु भन्दा बिद्यालयमा काम गराउने उद्देश्यका साथ बिद्यालय लाई भाक्तानी दिएको र हाल खाता बन्द गरिएको बताए । बिद्यालय ब्यवस्थापन समितिलेल काम सम्पन्न स्थानीय तह बाट सिफारीस बिल भरपाइका साथ कार्यालयमा आए बिद्यालयको खाता सञ्चालन गरिने बुढाथोकलिे जानकारी दिए । काम गर्ने भन्दा मिलाएर खाने प्रवृती लाई अन्त्य गर्नको लागी हाल काम सम्पन्न भए पछि मात्र बिद्यालयको खाता फुवुवा हुँने उनले बताए ।

काम पुरा नभए सम्म शिक्षक देखि बिद्यालयको बिभिन्न कार्यक्रम सम्म बन्द गर्ने समेत प्रमुख बुढाथोकिले जानकारी दिए । बिद्यालयमा यो भन्दा पहिले आर्थिक बर्ष २०७१ देखि २०७३ सम्म हरी प्रसाद जैसीको अध्यक्ष्यतामा गठन भएको बिद्यालय ब्यबस्थापन समिति र बिद्यालयका शिक्षक लेखापालको मिलोमतोमा लाखौं रकम अनियमीतता भएको प्रतिबेदन सार्वजनिक भएको थियो ।

गत फागुनमा बिद्यालयमा भएको अनियमितता बारेमा छानबिन गर्न कार्यबाहक वडा अध्यक्ष ललीत सिंहको नेतृत्वमा ५ सदसिय छानबिन समिति गठन गर्दा आर्थिक बर्ष ०७१÷०७४मा आन्तरीक स्रोत तथा सरकारी तर्फ ३६ लाख ६८ हजार३ सय ४३ रुपैया अनियमितता भएको प्रतिबेदन सार्वजनिक गरेका थिए ।

छानबिन समितिले सार्वजनिक गरेको प्रतिबेदनमा ब्यबस्थापन समिति र बिद्याललयमा कार्यरत लेखापाल धिरेन्द्र सिंह प्रध्यानध्यापक धन बहादुर सिंह निवर्तमान प्रध्यानध्यापक बालमिकि प्रसाद सिंहको नाममा सो रकम ब्यरुजु भएको प्रतिबेदन सार्वजनिक गरेको ब्यबस्थापन समितिका अध्यक्ष शाहीले जानकारि दिइन ।


ताजा समाचार