Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

जाजरकोटमा यसरी मनाइयो निजामती सेवा दिवस २०७५

जाजरकोट । निजामती सेवा दिवस २०७५ जाजरकोटमा धुमधामका साथ मनाइएको छ । नेपाल निजामी कर्मचारी संगठन जाजरकोटले शुक्रवार बिभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । सो अवसरमा जिल्लामा व्याडमिन्टन र हाँजीरी जवाफ प्रतियोगिता गरिएको थियो ।

संगठनले व्याडमिन्टन र हाँजीरी जवाफ प्रतियोगिता समेत संचालन गरेको थियो । एकल व्याडमिन्टन प्रतियागीता तर्फ निराजन विक्रम शाहीले पहिलो स्थान हाँसिल गरेका छन् । त्यस्तै दोस्रो राजु भडेल, तेस्रो डम्बर बिष्ट र चौथो स्थान ठगेन्द्र राणाले प्राप्त गरेका छन् ।

व्याडमिन्टको डवल तर्फ निराजन बिक्रम शाही र कलम थापाले पहिलो स्थान प्राप्त गरेका छन् । त्यस्तै डम्बर बिष्ट र नारायण भडेल दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी राजु भडेल र लम्ब बहादुर खड्का तेस्रो स्थान प्राप्त गरेका छन् । त्यसैगरी सान्तोना स्थान रामसिंह ठकुरी र ठगेन्द्र राणाले प्राप्त गरेका छन् । बिजेता सवैलाइै नगत पुरस्कार र प्रमाण पत्र प्रदान गरीएको छ ।

 

निजामती कर्मचारी संगठनले दिवशकै अवसरमा शुक्रवार हाँजीरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतीयोगितमा ९ वटा टिमले भाग लिएका थिए । प्रतियोगिताको पहिलो स्थान उदय थापा, शेर बहादुर थापा र दिर्घराज आर्सीले हाँसिल गरेका छन् । त्यस्तै दोस्रो स्थान हरि प्रसाद पौडेल, उपेन्द्र जंग शाही र नारायण खत्रीले प्राप्त गरेका छन् । भने तेस्रो स्थान अमृत गुरुङ्ग, पुर्ण बहादुर कटुवाल र हरिभक्त विश्वकर्माले प्राप्त गरेका छन् ।

बिजेता सवैलाइै नगत पुरस्कार र प्रमाण पत्र प्रदान गरीएको छ । उनिहरुलाई प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, संगठनका केन्द्रिय सदस्य तुलाराम गिरी, संगठनका अध्यक्ष डम्बर बिष्ट, आधिकारीक ट्रड युनियनका अध्यक्ष बिर बहादुर चन्द र नेकपा जाजरकोट सदस्य नगेन्द्र शाहाले प्रमाण पत्र र पुरस्कार प्रदान गरेका हुन् ।

जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बस्नेतले सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा नीजामती कर्मचारीको भुमिका महत्वपुर्ण हुनुपर्नेमा जोड दिए । त्यस्तै संगठनका केन्द्रिय सदस्य तुलाराम गीरीले कर्मचारीहरु नतीजामुखी हुनुपर्नेमा जोड दिए । उनले जनताको सेवामा कुनै कन्जुस्याई नगरी काममा परिणम मुखी हुनुपर्नेमा जोड दिएका हुन् ।

त्यस्तै संगठनका अध्यक्ष डम्बर बिष्टले निजामती दिवसको सरकारले विदा कटौती गरेको प्रति असन्तुष्टि जनाएका छन् । बिगतका बर्षहरुमा जस्तै निजामती सेवा दिवसको आवसरमा सरकारले विदा दिनु पर्ने उनले माग गरे ।

शुक्रवार निजामती सेवा दिवस राष्ट्रसेवक कर्मचारीले देशै भरी बिभिन्न कार्यक्रम मनाएका छन् ।  पछिल्ला केही बर्ष जाजरकोटमा राष्ट्रसेवक कर्मचारीहरुलाई व्याडमिन्ट खेल प्रतिको आर्कषण बढेको छ ।

 

 


ताजा समाचार