Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

एकीकृत शहरी बिकास गुरुयोजना सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न


जाजरकोट,२१ भदौ । जाजरकोटको छेडागाड नगरपालीकाम एकीकृत शहरी बिकास गुरुयोजना सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बुधबार नगरपालिकाको कार्यालय मनाघाटमा एकीकृत शहरी बिकास गुरुयोजना सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाका प्रत्यक वडाहरुमा एकीकृत शहरीको बिकास गर्नको लागि गुरुयोजना तयार पार्नको लागि नगरपालिका वडाहरुको आर्थिक भौतीक पर्यटन कृषि सामाजीक वातावरण हालको अवसथा र वनाउन चाहेको अवस्थाको बारेमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको छेडागाड नगरपालिकाका नगर प्रमुख लाल बहादुर महताराले जानकारी दिए ।

कार्यक्रम सहरी बिकास तथा भवन निर्माण बिभाग बबर महल काठमाण्डौ को आर्थिक सहयोगमा सञ्चालन गरिएको नगर प्रभक्ता गणेश जौसीले जानकारी दिएका छन ।


ताजा समाचार