Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

पत्रकार बोहरालाई पर्यटन पत्रकार महासघं जाजरकोटद्धारा राहत हस्तान्तरण


जाजरकोट ,२० भदौ । नेपाल पर्यटन पत्रकार महासंघ जाजरकोटले राहत रकम हस्तान्तरण गरेको छ । गत साउन २० गते गएको पहिरोले ५ बर्षिय छोरी, ४ कोठे घर, अन्नपानी, लत्ताकपडा भाडावर्तन सहित घरभित्रको सबै सम्पति गुमाएका पर्यटन पत्रकार जाजरकोटका कोषाध्यक्ष तिर्थराज बोहरालाई नेपाल पर्यटन पत्रकार महासंघ जाजरकोट शाखाले राहत रकम हस्तान्तरण गरेको हो ।

बुधवार जिल्ला सदरमुकाम खलंगामा महासंघले एक कार्यक्रमको आयोजना गरि बोहरालाइ नगत २० हजार हस्तान्तरण गरेको छ । पहिरोमा ५ बर्षिय पत्रकार बोहराकि नज्म बोहरा, सहित १३ बर्षिय रञ्जना लुहार, ७ बर्षिय मनिषा लुहार, ३ बर्षिय भगवती लुहार, १३ बर्षिय नरेन्द्र परियार, ११ बर्षिय नविन परियार, ८ बर्षिय दशरथ परियार र १२ बर्षिय गोविन्द परियार गरि ८ बालबालिका रहेका थिए भने, अन्दाजी २५ बर्षिय सितली लुहारको मृत्यु भएको थियो ।


ताजा समाचार