Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

एक कल फोन गर्न घन्टौ हिड्नु पर्ने बाध्यता

जाजरकोट,२०भदौ । जाजरकोटको पश्चिमि क्षेत्रमा फोनगर्नको लागि घण्टौ हिढनु पर्ने बाध्यता कायम रहेको छ ।जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउापालिका ,कुशे गाउापालिकाम हाल नेपाल टेलीकम शाखा कार्यालय जाजरकोटको लापरबाहिका कारण  सेवाग्राहिहरू एक कल फोन गर्न घन्टौ हिड्नु पर्ने बाध्यता रहेकाे छेडागाड नगरपालिका वडा न १ का वडा अध्यक्ष गणेश प्रसाद जौसिले जानकारी दिए ।

पटक पटक जिल्लामा रहेको नेपाल टेलिकम शाखा लाई जिल्लाको भेरी नगरपालीका वडा न ६ मछाइनाम रहेको नेपाल टेलीकमको नमस्ते ,स्काइको टावर र जुनिचाँदे गाउँपालिका वडा न २ मजकोटमा रहेको स्काइको टावर कुशे गाउँपालिकाको लाताचुलीको टावर लाई स्थर उन्नतीको लागि कुरा उठाउदौ आएता पनि स्तरउन्नतकिो लागि आसपासन मात्र देखाउने तर काममा भने शुन्य भएको वडा अध्यक्ष जौसिले जानकारी दिए ।

उनले भने , टेलिकमको फोन सेवा प्रभावकारी नहुदा स्थानिय बासि फोन गर्नको लागि दैनीक घण्टौ हिडेर फोन गर्नु पर्ने बाध्यता रहेका जानकारी दिए । स्थानिय तह प्रदेश सभा र प्रतीनिधि सभाको निर्वाचनमा जाजरकोट जिल्लाका राजनितिक दलहरुले प्रत्यक स्थानिय तहहरुमा सहजै फोन सम्पर्कको लागि टेलीफोनलाई मुख्य चुनावि नाराम उल्लेख गरेका थिए ।

हाल फोन सेवा कुनै पनि सरोकारवाला निकायाले ब्यवस्था गर्दा स्थानियहरु घण्टौ हिडेर फोन गर्न बाध्य रहेको स्थानिय हरुले गुनासो गरेका छन । जिल्लाको दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ । फोन नहुँदा स्थानीय बासिन्दालाई मात्र समस्या छैन, गाउँपालिका र नगरपालिकाले तोकेको केन्द्रबाट सरकारी सेवा प्रवाह गर्नसमेत पाएका छैनन् ।

जिल्लाका अधिकांश स्थानीय तहले टेलिफोन, इन्टरनेट, बैंक, विद्युतलगायत सुविधा स्थानिय तहमा नभएको स्थानियहरु लाई सेवा दिन असज भउको भन्दै सदरमुकामबाटै सेवा सञ्चालन गर्न बाध्य भएको समेत दाबि गर्दै आएका छन । बिहान १० बजे देखि साझ ४ बजे सम्म नेपाल टेलीकमको स्काई सेवा उपलब्ध नहुदा हजारौ सेवाग्राही घण्टौ पैदल हिडेर फोन गर्न बाध्य रहेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले बताए ।

केसीका अनुसार नमस्तेको टावर निर्माणका लागि नेपाल टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । तर कम्पनीको लापरबाहीले टावर निर्माण अलपत्र परेका अध्यक्ष केसीले जानकारी दिए । टावर निर्माणका लागि आवश्यक सामग्री सुर्खेतमा र्पुयाएको कम्पनीले दाबि गर्दौ आएको बताए ।

कुशे गाउँपालिकाको लाताचुलीको टावर बिग्रिएको महिनौं बित्दा पनि यसको मर्मतमा कसैको चासो नपुगेपछि सर्वसाधारणलाई समस्या भएको हो । उता नेपाल टेलीकम शाखा कार्यालय जाजरकोटले भने प्राबिधिक सर्बेक्षण समपन्न भएको कारण हाल स्तर उन्नतीका कामको लागि अगाडि बढाउने दाबि गर्दै आएको छ । उता प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जाजरकाेट जिल्लाम विकास तथा पूवार्धार निर्माणाकाे लागि प्र.जि.अ.भन्दा हरेक अधिकारमा  जनप्रतिनिधिकाे भूमिका महत्वपूर्ण हुने भएकाेले  सुरक्षा व्यवस्था सुदृढ बनाउने सन्दर्भ सँग जाेडि अावश्यक निर्णय गरी पहल गर्ने बताए ।


ताजा समाचार