Loading... आजः शनिबार, कार्तिक ८, २०७७

निजामती सेवा दिवसको आवसरमा व्याडमिन्टन प्रतियोगिता

जाजरकोट । निजामती सेवा दिवस २०७५ को आवसरमा जिल्लामा व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । दिवसको अवसर पारेर नेपाल निजामी कर्मचारी संगठन जाजरकोटको आयोजनामा व्याडमिन्टन प्रतियोगीता सुरु भएको हो । बुधवार देखि खलंगाको ठाँटीमा सुरु भएको प्रतियोगीतामा १२ वटा समुहले सहभागीता जनाएका छन् ।

यही २२ गते परेको निजामती सेवा दिवस देशै भरी बिभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । राष्ट्रसेवक कर्मचारीले यो दिवसलाई बिभिन्न कार्यक्रम गरि मनाउने गर्दछन् ।

व्याडमिन्टको डबल तर्फ बुधवार चार वटा समुहले प्रतिप्रधा गरेका छन् । व्याडमिन्टन तर्फ एकल र डबल तर्फका खेल हुने संगठनका जिल्ला अध्यक्ष डम्बर बहादुर बिष्टले जानकारी दिए । प्रतियोगिताको उद्घाटन नकपाका नेता नेगेन्द्र शाह, संगठनका केन्द्रीय सदस्य तुलराम गीरी र आधिकारीक ट्रेडयुनीयनका अध्यक्ष विर वहादुर चन्दले गरेका हुन् ।

यसैविच दिवसकै अवसरमा खुल्ला हाँजीरी जवाफ प्रतियोगीता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन आफ्नो समुह दर्ता गराउन संगठनका अध्यक्ष डम्बर बिष्टले आग्रह गरे ।

प्रतियोगीताका विजेतालाई उचित पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरीएको छ । पछिल्ला केही बर्ष जाजरकोटमा राष्ट्रसेवक कर्मचारीहरुलाई व्याडमिन्ट खेल प्रतिको अार्कषण बढेको छ ।


ताजा समाचार