Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

सचिवलाई हाजिर गर्न दिएनन् वडा अध्यक्ष बुढाले, दुई महिना देखि कार्यालय बन्द

जाजरकोट । जिल्लाका धेरै स्थानिय तहका वडाहरुमा वडा सचिव छैनन् । ति स्थानिय तहमा एक जना वडा सचिवले धेरै वडाहरुको जिम्मेवारी सम्हाल्दै आएका छन् । यता जिल्ला सदरमुकाम समेत रहेको भेरी नगरपालिकाका प्रत्यक वडामा वडा सचिवहरुलाई खटाइएको छ । तर यस नगरपालिकाको वडा नम्बर ६ मा भने दुई महिना देखि वडा सचिव विहिन छ ।

वडा अध्यक्ष शशिराम बुढाले कार्यालयमा सचिवलाई हाजिर गर्न नदिदा वडा सचिव विहिन भएको हो । नगरपालिकाले वडा सचिवको जिम्मेवारी दिएर खटाएका खरदार धन बहादुर खत्रिलाई अध्यक्ष बुढले हाजिर गर्न नदिदा दुई महिना देखि कार्यालय बन्द भएको छ । वडा कार्यालयमा हाँजिर हुन जाँदा अध्यक्ष बुढाले आफुलाई हाजीर गर्न नदिएको खरदार खत्रीको भनाई छ । अध्यक्षले मलाई अप्ठेरो हुन्छ, म तपाईलाई वडामा हाँजीरी गराउदिन भनेपछि आफु नगएको खत्रीको भनाई छ ।

पटप–पटक बिवादीत हुदै आएका नेपाली काँग्रेसवाट निर्वाचित वडा अध्यक्ष बुढाले सचिव खत्रीलाई कार्यालयमा हाजीर गर्न नदिएपछी स्थानियहरु आक्रोसित भएका छन् । सचिव विहिन वडा कार्यालय दुई महिना देखि बन्द हुदा सवै काम काज ठप्प भएको स्थानिय डील्ली बहादुर बि.क ले बताए ।

कार्यालयाबट प्रवाह गरिने सम्पुर्ण सेवाहरु ठप्प हुदा स्थानियले निकै सास्ति खेप्नु परेको छ । सचिवलाई हाजिर गर्न नदिएर वडा अध्यक्ष बुढाले लाजमर्दो व्यावहार देखाएको अर्का स्थानिय डम्बर खड्काले बताए । सचिव नहुदा वडामा गरिने जन्म दर्ता, बिभिन्न सिफारिसहरु समेत हुन नसकेको उनको भनाई छ । अध्यक्ष बुढाले यस अघि मनपरी गर्न नपाउँदा आफैले वडा कार्यालय बन्द गरी नगरप्रमुख विरुद्ध विज्ञप्ती जारी गरेका थिए । नगरप्रमुखको वडासमेत रहेको उक्त वडाका अध्यक्षले आत्मालोचना सहित त्यतिवेला माफी मागेका थिए ।

यता नगरप्रमुख चन्द्र प्र्रकाश घर्तीले नगरपालिकाले खटाएको कर्मचारीलाई वडा अध्यक्षले हाँजीर गराउनु पर्ने बताए । खटाएको सचिवलाई हाजीर नगराई सेवा प्रवाहमा स्थानियलाई दुख दिने अध्यक्ष बुढालाई कार्यापालीकाको बैठक राखी कारवाही गरिने चेतावनी दिएका छन् । पटकपटक घिनलाग्दा गतिविधि गरिरहेको भन्दै नगरप्रमुख घर्तीेले यस्ता गतिविध आफुलाई सहिय नहुने चेतावनी दिएका छन् ।


ताजा समाचार