Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

एसिया कप छनोटमा सफल र असफल खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कप छनोट क्रिकेट प्रतियोगितामा कमजाेर पर्दशन गर्दै ४ अङ्क प्राप्त गरी छनोटचरणको यात्रा समाप्त गर्यो । मलेसीया छनोट प्रतियोगितामा चाैथाे स्थानमा रहेपछि नेपालको एसिया कप खेल्ने सपना सकिएकाे छ ।

कमजोर भौतिक पूर्वाधार, घरेलु संरचना नभएको अवस्थामा नेपालका लागि मलेसिया यात्रा निराशाजनक रह्यो । तथापि प्रतियोगितामा अपेक्षा गरिएका केही खेलाडीको प्रदर्शन बिर्सनलायक रह्याे । युवा खेलाडीहरुले टिमकाे निराशाजनक पर्दशनमा केही अाशा देखाएका छन् ।  हेराै याे प्रतीयाेगिताका सफल र असफल खेलाडीहरु :

ब्याटिङमा सफल

१. दीपेन्द्रसिंह ऐरी
यु–१९ टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले प्रतियोगितामा अाशा लाग्दाे प्रदर्शन गरे । मध्य क्रममा खेल्दै एेरीले ५ खेलबाट १ सय ३८ रन जाेडे । दीपेन्द्रले मलेसिया विरुद्धको जितमा अर्धशतकीय ५४ रनकाे इनिङ खेल्दै जित दिलाउन महत्वपूर्ण योगदान गरे । तेस्तै युएइ विरुद्धको अाेडिअाई खेलमा ४० रनकाे पारी खेलेका थिए ।

२. अारिफ शेख
अर्का युवा खेलाडी अारिफ शेखले पनि मध्यक्रममा खेल्दै नेपाली टिममा अासा देखाएका छन् । उनले ५ खेलमा १ सय २५ रन जाेडे जसमा मलेसिया विरुद्धकाे खेलमा अबिजित ६४ रनकाे पारी उत्कृष्ट थियाे भने  अाेमान सँगकाे खेलमा ३६ रन प्रहार गरेका थिए ।

२. सागर पुन
टिममा कमब्याक गरेका युवा ब्याटिङ अलराउन्डर सागर पुन प्रतियोगितामा नेपालबाट धेरै रन बनाउने तेस्राे खेलाडी बने । सागरले ५ खेलबाट १ सय ७ रन जोड्न सफल भए । उनले अाेमानविरुद्ध महत्वपुर्ण ८३ रनको योगदान गरे ।

बलिङमा सफल

१. सन्दीप लामिछाने
युवा लेग स्पिनर सन्दीप लामिछानेले बलिङमा राम्रो प्रदर्शन गरे । विश्वभर चर्चा कमाएका सन्दिपले प्रतियोगितामा १४ विकेट लिए, उनले हङकङविरुद्ध सबैभन्दा राम्रो बलिङ गरे । नेपाल हङकङसग ३ विकेटले पराजित भए पनि लामिछानेकाे पर्दशन उत्कृष्ट रह्याे, उनले १० अाेभर बलिङ गर्दै ५ विकेट लिए । तेस्तै अन्तर्राष्ट्रिय मान्यता पाएकाे खेलमा उनले युएइ विरुद्ध ४ विकेट लिएका थिए ।

२. बसन्त रेग्मी
अनुभवी स्पिनर बलर बसन्तकाे जादु याे प्रतियाेगितामा खासै देख्न पाइएन तर पनि नेपालबाट धेरै विकेट लिनेमा सन्दिप पछि दाेस्राे स्थानमा रहे । उनले ५ खेलमा कुल ७ विकेट लिए । उनले मलेसिया विरुद्ध ३ विकेट हात पारेका थिए ।

२. सोमपाल कामी
बलिङ अलराउन्डर साेमपालकाे प्रदर्शन खासै देख्न पाइएन । बलिङमा केहि हदसम्म सफल भएका उनले प्रतियोगितामा ५ खेलमा ६ विकेट लिए ।

फ्लप खेलाडी

१. पारस खड्का
राष्ट्रिय टोलीका कप्तान पारस ब्याटिङमा भरपर्दा खेलाडी हुन् । उनी क्रिजमा रहुन्जेल नेपालको आशा कायम रहन्छ । तर याे प्रतियाेगितामा  पारसले पुरै फ्लप रहे उनले ५ खेलमा ६२ रन मा  जोड्न सफल भए । युएइविरुद्ध विरुद्ध १६ रन नै उच्च रन हुन पुग्याे । बलिङमा समेत उनकाे प्रदर्शन फितलाे रह्याे ।

२. सुबास खकुरेल
विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेल १ खेल बाहेक सबै खेलमा फ्लप रहे । उनले ५ खेलबाट ७७ रन मात्र जोड्न सके । प्रतियोगिताको युएइविरुद्ध बनाएको ५० रन नै खकुरेलले बनाएको सबैभन्दा ठूलो स्कोर हो । युवा खेलाडी आरिफ शेख र दिपेन्द्र एेरीले उत्कृष्ट प्रदर्शन गर्दा सुबास भने असफल रहे ।

३. ज्ञानेन्द्र मल्ल
उपकप्तान ज्ञानेन्द्र मल्ल नेपालका भरपर्दा ब्याट्सम्यान हुन् । तर, प्रतियोगिताभर ज्ञानेन्द्र मल्ल फ्लप रहे । ज्ञानेन्द्रले ५ खेलबाट १सय १ रन मात्र जोड्न सके । प्रतियोगिताको पहिलो खेलमा  अाेमानविरुद्ध बनाएको ४५ रन नै ज्ञानेन्दले बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

बलिङमा फ्लप
१. करण केसी
मिडियम पेसर करण केसीले याे प्रतियाेगितामा खासै प्रभाव देखाउन सकेनन् । २ खेलमा माैका पाएका करणले  १४ ओभर गर्दै ९० रन खर्चिएर कुनै पनि विकेट लिन सकेनन।

 

 


ताजा समाचार