Loading... आजः सोमवार, कार्तिक ८, २०७८

बिएमडब्लु कपका लागि एक्सपर्ट क्रिकेट क्लबको टिम घोषणा

काठमाण्डाै । बिएमडब्लु कन्सल्टेन्सीको प्रायोजनमा हुन लागेको बिएमडब्लु क्रिकेट प्रतियोगिताका लागि एक्सपर्ट क्रिकेट क्लब मेलवर्नले आफ्नो टिम घोषणा गरेको छ |

गुरपित सिंह प्रशिक्षक रहेको टिम एक्सपर्टमा सुनम गौतम (कप्तान), सुसन गुरुङ(उपकप्तान), विमल नेपाल, मनिष खकुरेल, शुशील बस्नेत, दिपेश गुरुंग, नविन डांगी, सुनोद श्रेष्ठ, सदिप ढुंगाना, तारा भट्टराई, सुसान्त पौडेल, उज्वलजंग कार्की, प्रविन डांगी, विशाल भन्डारी, सुयोग बुढाथोकी, विनोद खत्री, सागर लामा र सुमन लामा छनोट भएका छन् |

बिजेताले २ हजार अस्ट्रेलियन डलर हात पार्नेछ | सात टोलीको सहभागिता रहने यस प्रतियोगिता ९ सेम्टेम्बरबाट सुरु भइ २६ अक्टोबरमा समापन हुनेछ |


ताजा समाचार