Loading... आजः शुक्रबार, अशोज १, २०७८

मञ्चकाे छत भत्किदा लाखेनाच हेर्दै गरेका ३ घाइते


जाजरकोट,१८ भदौ । सार्वजनिक मञ्चकाे छत भत्किदा लाखे हेर्न आएका ३ जना घाइते भएका छन । सोमबार जिल्ला सदरमुकाम खलंगाको गौरीखालीमा रहेको सार्वजनिक मञ्चकाे छत भत्तकिदा ३ जना घाइते भएका हुन ।

घाइते हुनेमा भेरी नगरपालिका ४मा पसल गर्ने अनिता थापा भेरी नगरपालिका ४ कि मेनुका शाही कुशे गाउँपालिका ३ सुनिता कार्कि घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि.कार्यालय प्रमुख लोक बहादुर बिष्टले जानकारी दिए ।

प्रहरी बिष्टका अनुसार जाजरकोटमा प्रत्यक बर्ष नेवार समुदायले मनाउदै आएको लाखे जात्रा हेर्न आएका हरु सार्वजनीक मञ्चकाे छत भासिदा घाइते भएको बताए ।

हाल अनिता थापा लाई र सुनिता कार्किलाई उपचारको लागि जिल्ला अस्पताल जाजरकोटमा पठाएको मेनुका शाहिको अवस्था सामान्य रहेको जानकारी दिए । गौरा पर्व अवसरमा नेवार समुदायहरुले लाखे नाच लाई काटेर समापन गर्ने धार्मिक परमपरा रहेको छ ।


ताजा समाचार