Loading... आजः शुक्रबार, अशोज १, २०७८

राहत माग्दै जाजरकोटका जनप्रतिनिधी सिंहदरबारमा


जाजरकोट १८ भदौ । जाजरकोटमा अवरिल वर्षा पछि आएको बाढी पहिरोबाट भएको धनजनको क्षतिको राहत माग्दै जाजरकोटवाट जनप्रतिनिधीहरुको एक टोली संघिय राजधानी काठमाण्डौं पुगेको छ । हालसालै गएको बाढीपहिरो वाट जिल्लामा १४ जनाको ज्यान गएको छ भने करोडौ रुपैया वरावरको भौतिक संरचना र धनसम्पतिको क्षति भएको छ ।

बाढी पहिरोले क्षति पुरयाएका सडक, पुल, लगायततका संरचना पुर्ननिर्माण गर्न र स्थानियको नष्ट भएको खेत, घर, मिल, घट्ट लगायतका करोडौको सम्पतिको क्षतिपुर्तीको माग गदै जनप्रतिनिधीहरु देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार पुगेका हुन् ।
जिल्ला समन्वय समिति, नलगाड र भेरी नगरपालिकाको संयुक्त टोलीले विहिवार देखि संरचना पुर्ननिर्माण र क्षतिपुर्ती तथा राहतको माग गदै बिभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाइ सकेको छ । उक्त टोलिले जाजरकोटबाट निर्बाचित बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई समेत ज्ञापन पत्र बुझाएको थियो भने मन्त्री वस्नेतकै अगुवाइमा गृहमन्त्रायमा पुगेर गृहमन्त्री रामबहादुर थापालाई समेत ज्ञापन पत्र बुझाई सकेको छ ।

उक्त टोलीले जिल्लालाई बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा गरी उचित राहत, क्षतिपुर्ती तथा भौतिक संरचना पुर्ननिर्माणको मुख्य माग गदै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको छ । त्यसै गरीे सदरमुकाम खलंगा पहिरोको उच्च जोखिममा रहेकोले पहिरो रोकथाम गरी सदरमुकाम सुरक्षित वसोवासको व्यवस्था गर्न समेत माग गरेकोे छ ।

त्यस्तै टोलिले छिन्चु जाजरकोट सडकको विभिन्न खण्डमा पहिरो गएको र भासिएकाले सडक सुचारु गर्न १० करोड बढी खर्च लाग्ने भन्दै गृहमन्त्री मार्फत सहयोगको लागी संघिय सरकारलाई आग्रह गरेको टोलिमा संलग्न खम्वजङ्ग शाहले बताउनु भयो ।
यसैगरी नलगाड नगरपालिकाका तर्फवाट नगरप्रमुख टेकबहादुर रावलले गत साउन २८ गते देखि ३० गतेसम्म गएकोको बाढीपहिरो र भु–क्षयले गरेको क्षतिको विवरण पेश गदै उचित राहत, क्षतिपुर्ती र तत्काल पुल निर्माण गर्न माग गर्नु भएको छ ।
वर्षासँगै आएको वाढिले नलगाड नगरपालिकाका तर्फवाट १ सय ६ रोपनी जग्गामा लगाएको ४४ घरपरिवारको धान, मकै, अलैची बाली पुर्णरुपमा नष्ट भएको र १ वटा झोलुङ्गे पुलको पिल्लर कटान गरि क्षेती पुर्याएको विबरण पनि गृहमन्त्रालयलाई बुझाईएको ज्ञापन पत्रमा समावेश गरिएको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनु भयो ।

नलगाड नगरपालिकामा मात्र २३ करोड भन्दा बढीको धनसम्पती र भौतिक संरचना नष्ट भएको नगरप्रमुख रावलले गृहमन्त्री थापालाई जानकारी गरउनु भएको छ ् ।गृहमन्त्री थापाले बाढीपहिरोले जाजरकोटमा भएको धनसम्पती, मानविय तथा भौतिक संरचनाको क्षती प्रति सरकार गम्भीर रहेको बताउनु भएकोछ । गृहमन्त्री थापाले तत्काल आफ्नो अध्यक्षतामा बिपद ब्यबस्थापन समितिको बैठक बसाली बाढीपहिरोबाट भएको क्षतीको स्थलगत अध्ययन तथा अवलोकन गरि तत्काल गर्न सकिने कामका विषयमा सम्बन्धित मन्त्रालयहरुलाई अनुरोध गर्ने प्रतिबद्धता ब्यक्त गरेको डेलिकेसन कार्यदलका सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मन वहादुर रावलले जानकारी दीनु भएको छ ।

टोलिले विकास सँग सम्वन्धित सवै मन्त्रालयमा पुगेर आफ्नो जिल्लाको समस्याको वारेमा लिखीत रुपमा जानकारी गराएको र सवै वाट सकारात्मक आस्वासन पाएको टोलीमा संलग्ना जिल्ला समन्वय समितिका प्रमुख मन वहादुर रावलले वताउनु भयो ।
यसबर्ष गएको बाढीपहिरोमा परेर १४ जनाको ज्यान गएको छ । ३३ करोड भन्दा बढीको धनसम्पती र भौतिक संरचनाहरु नष्ट भएका छन् । नलगाडको झुम्रेखोलाले पुल बगाउँदा नगलगाडका २, ३, ४, ५, ६, र ७ नम्बर वडाको जनजीवन प्रभावित भएको छ ।


ताजा समाचार