Loading... आजः बुधबार, कार्तिक १२, २०७७

शिवालयको थलारैकरमा तिजगित प्रतियोगिता


जाजरकोट भाद्र १७ गते । नजिकै गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको उपलक्षमा “दिगो विकासको आधार चेतना विकास र सामुदायिक पुर्वाधार” भन्ने नाराकासाथ आज कृष्ण अष्टमीको अवसर पारेर जिल्लाको शिवालय गाउँपालिकाको थालारैकर स्थित इन्द्रज्योती मावि प्रांगणमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।
सहकर्मी समाजको प्रयत्नवाट अस्तित्वमा आएका सामूदायिक समूहहरुको अग्रसरतामा वनेको साविकको गाविस स्तरिय समाजपरिवर्तन मुल समितिको आयोजना र सहकर्मी समाजको साझेदार संस्था पश्चिम जाजरकोट विकास समाजकाे अायाेजनामा तिज बिशेष कार्यक्रम सम्पन्न भउकाे हाे ।

तिज गित प्रतियाेगिताका मुल अाायाेजक  समितिका अध्यक्ष मोति सुनारअध्यक्षतमा सञ्चालन गरिएकाे कार्यक्रममा वडा नं ५ र ६ मा भएको यस प्रतियोतिामा १२ वटा सामूदायिक समूहहरुले भाग लिएकाे र कार्यक्रम लाइ महिला सञ्जालको सहयोग गरिएकाे समितिका अध्यक्ष सुनारले जानकारी दिए  । अाइतवार भएको  कार्यक्रममा ८सय ५० भन्दा वढि मानिसहरुको उपस्थिति रहेको  अायाेजकले जनाएकाे छ ।

प्रतियोगितामा भाग लिएका १२ समूहहरु मध्य मालिका समूह सुगुरखाल प्रथम, जनजागरण समूह सल्लेरी द्वितिय र जनचेतना समूह दलित टोल तितृय भएकाे अायाेजकले जानकारी दिएकाे छ ।  प्रथम, दितिय र तृतयलाइ क्रमस तीनहजार पाँचसय, दुइ हजार पाँचसय र एकहजार पाँचसय पुरस्कारको व्यवस्था गरिएको जनाएकाे छ। प्रतियाेगिताम सहभागि देखाएका सवैलाइ सान्त्वना स्वरुप ९ सय रका दरले पुरस्कार बितरण गरिएको वडा न ५ का वडा अध्यक्ष चित्र प्साद रेग्मीले जानकारी दिए  ।

प्रतियाेगिताकाे अवसरमा वोल्ने अतिथिहरुले लोप हुँदै जान थालेका आफ्ना राम्रा संस्कार श्रृजनाहरुलाई पुरानै स्थितिमा ल्याउन गरेको सामूदादायिक समूहहरुको प्रयत्नलाइ उच्च प्रशंसा गर्दै अाइतवार भएको श्रृजना प्रस्तुतिले थालारैकरका पछाडी परेका समूदायहरु सहकर्मीको समाजको सशक्तिकरण प्रकृयाले सचेत र अनुशासित भएको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रम मुल समिति अध्यक्ष मोति सुनारको अध्यक्षता,वडानं ५ का वडा अध्यक्ष चित्र प्रसाद रेग्मीको प्रमुख आतिथ्य तथा वडा नं ६का वडा अध्यक्ष भक्त वहादुर थापाको विशेष आतिथ्यमा सम्पन्न भएको खबर सहकर्मी समाज, जाजरकोटका जिल्ला कार्यक्रम प्रमुख नेत्र नारायण रेग्मी खबर पठाएका छन ।


ताजा समाचार