Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कृष्ण मन्दिरको उद्घाटन गर्दै जन्मष्टमी मनाइयो


जाजरकोट,१७ भदौ ।जाजरकोटमा कृष्ण जन्म अष्टमिको अवसरमा कृष्ण मन्दिरको उदघाटन गरि  जन्मष्टमी मनाइएकाे छ । जिल्लाको भेरी नगरपालिका वडा न ४मा रहेको कृष्ण मन्दिरको एक कार्यक्रमका बिचि उदघाटन गरि  जन्मष्टमी मनाइएकाे हाे । आइतवार भेरी नगरपालिकाका नि.नगर प्रमुख दिपक रानाले कृष्ण जन्म अष्टमिको अवसर पारि कृष्ण मन्दिरको उदघाटन गरि  जन्मष्टमी मनाइए  थियाे ।

मन्दिर भेरी नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५को बिनियोजित रु १० लाख ६० हजारमा निर्माण गरिएको थियो । मन्दिर निर्माण नगरपालिकाको बिनियोजित बजेट बाट अभाव भए पछि नेवार समुदायको परमपरागत लाखे नाच कायृक्रम बाट ४५ हजार सहयोग गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक भडेलले जानकारी दिए ।

भडेलका अनुसार मन्दिर निर्माण सामान खरिद ८ लाख ८१ हजार ७ सय ५५ रुपैया लेबर खर्च २ लाख ४७ हजार ५ सय कामदार २ लाख ९५ हजार ८ सय खर्च भएको समितिका अध्यक्ष भडेलले खर्च प्रतिबेदन सार्वजनिक गरेका थिए । सार्वजनिक प्रतिवेदन अनुसार नगरपालिका बाट १० लाख ६०हजार लाखे नाच बाट ४५ हजार सुन्दर थापाको सहयोग ३० हजार गरि ११ लाख ३५ हजार मात्र उपलब्ध भएको अध्यक्ष भडेलले जानकारी दिए आतवार बिहान एक कार्यक्रमको आयोजना गरि मन्दिरको नि.नगरप्रमुख दिपक रानाले उदघाटन गरेका थिए ।

 


ताजा समाचार