Loading... आजः बुधबार, कार्तिक ५, २०७७

एचभीएपीको सवा ६ करोड लगानी ८३ वटा उप–आयोजना स्थानीयतहलाई हस्तान्तरण


जाजरकोट, १७भदौ ।उच्चमूल्यकृषि वस्तु विकास आयोजनाले जाजरकोटका किसानलाई ६ करोड १७लाख रुपैया अनुदान सहयोग गरेको छ । चारवटा मुल्यश्रृंखलामाआयोजनाको अनुदान पाएपछि लाभग्राहीहरुले पनिआफ्नो तर्फबाट १ करोड ८९ लाख रुपैया खर्च गरेका छन । संझौताभएको ६ करोड १७लाख रकममध्ये २०७५ सालअसार मसान्तसम्म ५ करोड २५ लाख रुपैया भुक्तानीदिइसकेको आयोजनले जानकारी दिएको छ ।
आयोजनाले जाजरकोट जिल्लामा बेमौसमी तरकारी, खसीबोका, टिमुर र बेसार मुल्यश्रृंखलामाकिसान र निजी सेवाप्रदायकलाई अनुदान सहयोग गरेको थियो । ८३ वटा उप–आयोजनामार्फत २ हजार ८ सय २६ घरधुरी किसानको आयस्तर बृद्धिमा आयोजनाले सहयोग गरेको छ । भेरी नगरपालिकामा ६४, छेडागाडमा ९, नलगाड नगरपालिकामा ४ र कुशे गाउँपालिकामा ६ वटा उप आयोजना संचालनभएकाथिए ।

जाजरकोटमा आयोजनाले सहयोग गरेका किसानहरुको आम्दानीआधार वर्षको तुलनामा ९६ हजार ९ सय १० रुपैया अर्थात २ सय ८४ प्रतिशत बृद्धि भएको आयोजनाप्रमुख राजेन्द्रप्रसाद भारीले बताउनु भयो । उहाँले आधार वर्षमा प्रतिघरधुरी ३४ हजार १ सय रुपैया रहेको किसानको आम्दानी बढेर आयोजना सम्पन्नहुँदा एक लाख ३१ हजार रुपैया पुगेको उल्लेख गर्नुभयो ।

आधार वर्षको तुलनामा बेसारमा १२ हजार ६ सय ३४, खसीबोकामा ३७हजार १ सय २३, बेमौसमी तरकारीमा ६२ हजार ५१ र टिमुरमा १९ हजार २ सय ५ रुपैयाले आम्दानी बढेको छ । आयस्तर बृद्धिसगै उत्पादनपनि बढेको छ । आधार वर्षमा २ सय १६ मेट्रिक टन उत्पादन रहेकोमा आयोजना सम्पन्नहुँदा बढेर ९ सय १२ मेट्रिक टन पुगेको छ भने बिक्री परिमाणमा पनिउल्लेख बृद्धि भएको पाइएको छ । आधार वर्षमा प्रतिवर्ष ७६ मेट्रिक टन रहेकोमा आयोजना सम्पन्नहुँदाको बर्ष विक्री परिमाण बढेर १ सय ४८ मेट्रिक टन पुगेको आयोजनाप्रमुखभारीले जानकारी दिनुभयो ।

आयोजनाले सहकार्य गरेका मध्ये अतिगरिव ३१ प्रतिशत, मध्यम गरिव ४९ प्रतिशत, सामान्य गरिव १७प्रतिशत र सम्पन्न ३ प्रतिशतकिसान समेटिएका छन । यस्तै ६४ प्रतिशतमहिला र ३६ प्रतिशत पुरुषलाई समेटिएका छन । आयोजनाले भौतिकपूर्वाधार निर्माणका साथै ग्रामिण सडक सुधारमा पनि सहयोग गरेको छ । किसानले उत्पादन गरेको कृषिजन्यबस्तुलाई बजारीकरण गर्नको लागि भेरी नगरपालिका –६, को पासागाडबाट बाघखोरहुदै चिसापानी जोड्ने ग्रामिण सडक सुधारमा सहयोग गरेको छ । यस्तै पिपे र पुन्मामा २ वटा ट्रष्ट ब्रिज, विभिन्न ठाउँमा १० वटा सिमेन्ट पोखरी, ३ हजार ९ सय ८४ मिटरको सिंचाई कुलो निर्माण पनि गरेको छ , भने सिचाईको लागि७ वटा प्लाष्टिक पोखरी निर्माण गरेको छ ।

आयोजनाले टिमुर उत्पादककिसानको लागि टिमुर सुकाउने ग्रीनहाउव २४ वटा, बाख्राको बाह्रय परिजीवी नियन्त्रणको लागि १३ वटा डिपिङ्ग टंकी, बेसारको एउटा बीउ भण्डारण गृह, ४ सय ६४ वटा बाख्राकाआधुनिकखोर, १ सय ४६ वटा सुधारिएकाखोरहरु समेत निर्माण गरेको जनाएको छ । यस्तै आयोजनालागु भएपछि टिमुर सुकाउने लागि ४ सय ६२ वटा टहरा, ३ सय ७४ वटा प्लाष्टिक घर र नश्ल सुधारको लागि १५ वटा बोयरसहित १ सय ४३ वटा बोका समेत किसानलाई प्रदान गरेको छ ।

यस्तै आयोजनाले भेरी नगरपालिका –१०, राउतगाउँमा भेरी नदिबाट सोलार प्रविधिबाट पानीतानेर ५ सय रोपनीजमिनमा सिंचाई सुविधा पुर्याएको छ भने बेमौसमी तरकारी उत्पादनको लागि १५ वटा आधुनिकप्रविधियुक्तफलामे टनेल समेत बनाएको आयोजनाका सामाजिकविकास अधिकृत अमर चन्दले जानकारी दिनुभयो । उहाँले आयोजनाले व्यवसायिक साक्षरताकक्षा संचालन गरी ४३ वटा समुह सहकारीमा आवद्ध १ हजार ७५ जनामहिलाको व्यवसायिक सीप र उद्यमसिलक्षमताविकासमा टेवा पुर्याएको पनिबताउँनु भयो ।

यसैवीचउच्चमुल्य कृषि बस्तु विकास आयोजनाले सहयोग गरी सम्पन्नभएका उप–आयोजनाहरु जाजरकोट जिल्लाका सम्वन्धीत स्थानीयतहलाई हस्तान्तरण गरेको छ । आइतवार सदरमुकामखलंगामाभएको आयोजना सम्पन्नगोष्ठीमा ५९ वटा कृषक समुह÷सहकारी संस्था र ८ जनानिजी सेवाप्रदायकहरुले संचालन गरी सम्पन्न गरेका ८३ वटा उप आयोजनालाई भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । गोष्ठीमा आयोजनाप्रमुख राजेन्द्रप्रसाद भारीले उप आयोजनाको बिस्तृत विवरणसहित भेरी नगरपालिकालाई ६४ वटा, छेडागाड नगरपालिकालाई ९ वटा, कुशे गाउँपालिकालाई ६ वटा र नलगाड नगरपालिकालाई ४ वटा उपआयोजना हस्तान्तरण गर्नु भएको छ ।

उप आयोजना हस्तान्तरण कार्यक्रममाजिल्ला समन्वय समितिजाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद आचार्यले आयोजनाले गरिव तथानिम्नकिसानको आम्दानी बृद्धि गर्न र उनीहरुलाई व्यवसायिकबनाउनठुलो योगदानदिएको बताउनु भयो ।
प्रमुखजिल्लाअधिकारी ललितकुमार बस्नेतले कृषिको व्यसायिकरण र आधुनिकीरण गरी किसानको आयस्तरबृद्धि गर्न आयोजनाले योगदानदिएको उल्लेख गर्नुभयो ।

भेरी नगरपालिकाकाकार्यवाहकप्रमुखदिपक रानाले कृषिको आधुनिकीरणमा जोड दिनुभयो ।
तत्कालिनजिल्लाकृषिविकास कार्यालयका बरिष्ठ कृषिविकास अधिकृत श्रीराम घिमिरे किसानको आर्यआर्जन बढाउन आयोजनाले गरेको कामको प्रशंसा व्यक्त गर्नुभयो । नेपालपत्रकार महासंघका अध्यक्षभीमबहादुर सिंहले कृषिव्यवसायलाई आधुनिकीकरण गदै किसानको जीवनस्तर सुधार गर्न आयोजनाले महत्वपूर्ण भुमिका खेलेको बताउँनु भयो ।

जिल्ला सहकारी संघका प्रतिनिधीललितराज भण्डारी, उद्योग बाणिज्य संघका प्रतिनिधीशीवविक्रमहमाललगायतले आफनो भनाई राख्नु भएको छ । कार्यक्रमको समापनगदै आयोजनाप्रमुख राजेन्द्रप्रसाद भारीलेआयोजनालाई सफल रुपमाकार्यन्वयन गर्न सहयोग गर्ने सवैलाई धन्यवाददिदै आगामीदिनमापनि रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।


ताजा समाचार