Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

एसिया कप छनोटमा नेपालकाे दाेस्राे जित, फाइनल पुग्ने सम्भावना न्यून

काठमाडौं । मलेसियामा जारी एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले सिंगापुरमाथि ४ विकेटको जित निकालेको छ। सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अल आउट हुँदै १५१ रन बनाएको थियो । नेपालको जितका लागि अनील शाहले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ३३ र ज्ञानेन्द्र मल्लले ३० रनको योगदान गरे ।

त्यसैगरी सुवास खकुरेल र सागर पुनले समान १४ रन, कप्तान पारस खड्काले ११ र आरिफ शेखले नटआउट ४ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको सुरुवाती ब्याटिङ धर्मराएको थियो । ४.२ ओभरमा १८ रन हुँदा तीन विकेट गुमाएको सिंगापुरका लागि चेतन सूर्यवंशी र अनिष परामले चौथो विकेटका लागि ८० रनको साझेदारी गरेपछि बलियो स्थितिमा पुगेको थियो । चौथो विकेटपछि लगातार विकेट लिएर सिंगापुरलार्इ नेपाली बलरले उच्च स्कोर बनाउन दिएनन् ।

सिंगापुरका लागि चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाए । अनिष परामले ३१ र कार्तिकेयन सुब्रामनियनले २० रन बनाए । सिंगापुरविरुद्ध नेपालका लागि लतित राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।

यो सँगै एसिया कप छनोटमा नेपालले दोस्रो जित दर्ता गरेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहँदै एसिया कपमा छनोट हुने सम्भावना एकदमै न्युन बनेकाे छ । अाजै भएकाे खेलमा युएईले मलेसियालाई हराएपछि र हङकङ-अाेमानकाे खेल बर्षाले बिथाेले पछि नेपालकाे फाइनलमा पुग्ने सम्भावना कमजाेर भएकाे  हाे ।

अाजका सबै खेल समाप्तिमा अाेमान ७ अङ्कका साथ पहिलाे स्थानमा रहेकाे छ, युएइ ६ र हङकङ ५  अङ्कका साथ क्रमश दाेस्राे र तेस्राे स्थानमा छन् । तेस्तै ४ अङ्कका साथ नेपाल चाैथाे र अायाेजक मलेसीया २ अङ्कका साथ पाँचाै स्थानमा रहेकाे छ भने सिङ्गापुर अङ्क विहिन रहेर अन्तिम स्थानमा छ ।

अब नेपालले प्रतियोगिताको अन्तिम खेल मंगलबार हङकङविरुद्ध खेल्नेछ । नेपाललाई एसिया कपमा छनोटका लागि हङकङमाथि ठुलाे रनरेट अन्तरमा जित सगैँ अाेमान र युएईकाे नतिजामा पनि भर पर्नुपर्ने देखिन्छ।


ताजा समाचार