Loading... आजः शुक्रबार, फाल्गुन १४, २०७७
Trending

गाउँपालीका बाट पुल निर्माण भए पछि स्थानिय ह्रसित


जाजरकोट,१६ भदौ । वर्षौ देखि खोलाम पुल निर्माण नहुदा बाढीको संकट भोगीरहेको जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा न ६ र्छिकमा जुनिचाँदे गाउँपालिका बाट ३ ओटा काठ पुल निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् ।

हाल छिर्कमा ३ ओटा काठको पुल निर्माण भए पछि गाउमा जानको लागि संकटबाट गाउ मुक्त भएको स्थानियहरुले जानकारी दिए । गाउँमा वारपार गर्दा खोला तर्न नसक्ने ३ घन्टा पैदल हिडेर खोला तनुपर्ने बाध्यता अन्तय भएको स्थानियहरुको भनाई छ ।

“गाउमा पुलको समस्या हँुदा बर्खामा भाइचारा छिमेकि नाता टाढा हुदौ जानेगरेकोमा हाल जुनिचाँदे गाउँपालिकाले भाइचारा छरछिमेक लाइ नजिक बनाएको समेत स्थानियहरुको भनाइ रहेको छ ।

यता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले जुनिचाँदे गाउँपालिकाको अति दुर्गम छिकमा स्थलगत अनुगमन गरि हाल ३ ओटा पुल निर्माण गरिएको थप दिर्घकालीन योजनाको लागि प्रदेश सरकार संग समन्वय गरेर अगाडि बढने बताए ।

“स्थानीय सरकारको आँखा सवै ठाउमा पुग्न सकेको छै्रन यस्तो ठाउमा गाउँपालिकाले योजना सम्पन्न गरेको छ हामी खुशी छौ ।” प्रतिपुल ६० हजारका दरले निर्माण गरिएको छ ।


ताजा समाचार