Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

बोक्सीको आरोपमा सासूको हत्या, यसरी पत्ता लाग्यो तथ्य

दाङ ।  एक बुहारीले बोक्सीको आरोपमा सासूको हत्या गरेकी छन्। बोक्सीको आरोपमा बुहारीले सासूको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो।

इप्रका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले दंगिशरण गाउँपालिका वडा नं। ३ बस्ने ४० वर्षीया टंकी रावतले आफ्नै ६९ वर्षीया सासू खोपी रावतलाई बोक्सीको आरोपमा जंगलमा लगेर हत्या गरेको जानकारी दिए।

सासू हत्याको अभियोगमा प्रहरीले टंकी रावतलाई सार्वजनिक गरेको छ। ‘धामी झाँक्रीलाई हेराउदा तेरै घरभित्र र तेरै कुलका बोक्सी लागेर तलाई यसरी सताएका छन्’ भनेको हुँदा त्यही भ्रम र अन्धविश्वासमा परेर सासूको हत्या गरेको देखिन्छ,’ डिएसपी सापकोटाले पत्रकार सम्मेलनमा भने।

धामी झाँक्रीको गलत कुराको विश्वासमा परेर सासू नै बोक्सी भएको र उनी बाँचुञ्जेल आफूलाई कहिलै सञ्चो नहुने भ्रमले गर्दा बुहारीले सासूको निर्ममतापूर्वक जंगलमा लगेर हत्या गरेको भन्ने खुल्न आएको पत्रकार सम्मेलनमा उपस्थित दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरि शर्माले बताए।

प्रहरीले हत्या गरिएकी ६९ वर्षीया खोपी रावतको शव सल्यानको जंगलमा स्याउलाले लुकाईछिपाई गाडेको अवस्थामा फेला पारेको जानकारी दिएको छ।

हत्या आरोपी टंकीलाई भदौ १६ गते प्रहरीले लुकिछिपी बसेको अवस्थामा कपिलवस्तु जिल्लाको कृष्णनगरबाट पक्राउ गरेको जानकारी दिएको छ। उनी भागेर भारत जान लागेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ। हत्या गरेको ११ दिनपछि मात्रै टंकीलाई पक्राउ गरिएको बताइएको छ।

उनलाई आवश्यक कारबाहीको लागि घटनास्थल जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाइएको प्रमुख सापकोटाले बताए।

दाङबाट सल्यान लगेर हत्या

टंकीका पति रोजगारीको सिलसिलामा काठमाडौं बस्दै आएका छन्। उनको साथमा भने छोरीतर्फकी नातिनतिनी र दुई छोरा बस्छन्। उनकी सासू भने कान्छो छोरासँग तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवामा बस्दै आएकी थिइन्।

दंगिशरण गाउँपालिका र बेलुवाबीचको दूरी झन्डै ८ किलोमिटर जति टाढा पर्छ। आफू पटकपटक बिरामी हुँदै आएकीले झाँक्रीलाई देखाउन भनेर उनले सासूलाई लिएर भदौ २ गते सल्यान ल्याइन्।

टंकीले यसअघि बिरामी हुँदा पनि उपचारको साटो धामी झाँक्रीलाई नै देखाइन्। उनीहरूले त्यही भन्दै आएका थिए,‘तेरो आफ्नो घर भित्रै बोक्सी छ। त्यसैले त लाई सताकी हो,’ टंकीको भनाई उद्धत गर्दै डिएसपी सापकोटाले पत्रकार सम्मेलनमा भने, ‘धामी झाँक्रीकै कुरा विश्वास गरेर सासूलाई योजना बुनेरै जंगलमा पुर्‍याई हत्या गरेको देखिन्छ।’

टंकीले योजना बुनेर नै सासुलाई अत्यन्तै जान्ने धामी छ । हेराउन जाऔं भनेर लगिन्।

सासू बुहारी सल्यानमा गएर २ दिन बास बसे। अर्को दिन अर्थात भदौ ५ गते उनीहरू सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. २ स्थित एकजना धामीलाई झारफुक गराए । ती धामीले पनि घरभित्रै र कुलभित्रैको बोक्सीले दुःख दिएको भन्ने कुरा गरिदिए। त्यो सुनेपछि टंकीले धामीकै घरबाट कसैले नदेख्ने गरी एउटा हँसिया लुकाएर ल्याइन्। उनले बाटोमा टेक्नलाई चाहिन्छ भन्दै एउटा लाठी काटिन्।

भदौ ५ गते सासु बुहारी घर आउनका लागि सल्यानको कपुरकोट गाउँपालिका वडा नं. २ शिवमन्दिर सामुदायिक वनको भकम भिर जंगल क्षेत्रमा हिँड्दै गर्दा पछाडिबाट टंकीले सासूलाई टाउकोमा लाठी प्रहार गरिन्। प्रहरीका अनुसार त्यो प्रहारले सासू लडेपछि उनले पटक/पटक त्यही लाठी र ढुङ्गाले टाउकोमा कुटीकुटी निर्ममतापूर्वक हत्या गरेको खुल्न आएको छ।

यसरी पत्ता लाग्यो तथ्य
सल्यानको कपुरकोटमा धामी कहाँ झारफुक गराउन भनि घरायसी सरसल्लाह अनुसार सासू बुहारी गएका थिए। तर, भोलि पल्टदेखि नै उनीहरूको मोबाइल स्वीच अफ भएको थियो।

भदौ १२ गते परिवारका सदस्यले प्रहरीमा निवेदन दिए। आफन्तले सासु बुहारी बेपत्ता भएको, आफन्तमा खोज तलास गर्दासमेत कही कतै फेला नपरेको हुँदा खोजीमा सहयोग गरिदिन आग्रह गर्दै निवेदन दिए ।

त्यसपछि प्रहरीले उनीहरू गएको स्थान सल्यानको कुपुरकोट क्षेत्रमा खोजी थाल्यो। त्यही क्रममा कपुरकोट गाउँपालिका वडा नं. २ भकम भिर जंगलमा एकजना वृद्ध महिलाको शव स्याउलाले ढाकछोप गरी गाडेको अवस्थामा फेला पर्‍यो।

शवको प्रकृति हेर्दा उनको हत्या भएको %A


ताजा समाचार