Loading... आजः आइतवार, कार्तिक १६, २०७७

वगरा देखि हल्चौर सम्मको करिव ७ किलोमिटर बाटो निशुल्क गाउँहरुले निर्माण

जाजरकाेट,१६ भदाै । जाजरकाेटमा निरन्तर परेको वर्षाका कारण वाटो क्षत विच्छद भएर हिड्न नमिल्ने भएपछि गाउँलेहरुले ७ किलोमिटर बाटो निशुल्क निर्माण गरेका छन् । जिल्लाको नलगाड नगरपालिका वडा ८ स्थित वगरा देखि हल्चौर सम्मको करिव ७ किलोमिटर बाटो निशुल्क गाउँहरुले निर्माण गरेका हुँन् ।

स्थानीय बन उपभोक्ता समुहको अगुवाईमा नलगाडका ५ सय भन्दा वढी स्थानीयहरुले निशुल्क भत्किएको ७ किलोमिटर बाटो निशुल्क निर्माण गरेका हुँन् । सामान्य भत्किन वितिकै राज्यलाई नै कुरेर बस्नु भन्दा ,आफै केही गरेर अाफनाे जिम्मेवारी पुरागरेकाे बाटो निर्माणका अगुवा नारायण खत्रीले जानकारी दिए । डोजरद्धारा सडक निर्माण गरिएको ठाउँमा आएको पहिराले करिव ७ किलोमिटर बाटोमा मान्छे हिड्न नमिल्ने भएकाले जनश्रमदान गरेरै हिड्न मिल्ने बनाएको खत्रीको भनाई छ । नलगाड नगरपालिकाको सवै भन्दा वढी जनसंख्य भएको  हल्चौर गाउँका स्थानीयले कुटो ,कोदालो प्रयोग गरि बाटो बनाएका हुँन् । सडक भत्किएपछि मान्छे हिड्न सम्म नमिल्ने अवस्थामा पुगेको वाटो निर्माण संगै यहाँका स्थानीयलाई हिड्न सहज भएको छ ।

सधै माग्ने मात्र चलनको अन्त्य गदै आफुहरुले आफ्नो काम आफै गर्ने बताएका छन् । विरामी हुँदा , मृत्यू हुँदा देखि अन्न पिस्नका लागि जाँने बाटो समेत नहुँदा मर्कामा परेका स्थानीयहरु अहिले सजिलै जाँन र आउँन पाएका छन् । एकता नै वल हो भन्दै सधै सरकारले यो गरेन , त्यो गरेन भन्नु भन्दा पनि हामीले के गरौ, त्यो ठुला भएको स्थानीय समाजसेवी हरीवहादुर खत्रीले बताए । घर , घरबाट मकैको रोटी लिएर दिन, रात गरी बाटो बनाएका छौँ , अव बाटो विगार्ने र भत्काउने , अवरोध गर्नेलाई समेत कारवाही गरिने खत्रीको भनाई छ ।

बाटो निर्माण गर्दा स्थानीय सरकारलाई समेत जानकारी नदिएर निर्माण गरिएको थियो । नलगाडमा वाढी , पहिरोबाट करोडौको क्षति भएका कारण अव नगरपालिकामा गएर हामी बाटो बनाउने रकम दिनुहोस भन्ने ठाउँ समेत नरहेको खत्रीको भनाई छ । वरु भत्किएका सडक , बाटो , अन्य संरचानमा यसरी नै श्रमदान गरेर काम गरे राज्यलाई भार काम हुँने उनको भनाई छ ।

हल्चौर गाउँलाई नमुना बनाउनका लागि मधिरा निशेद गरिएको छ भने गाउँको सुरक्षाका लागि सुरक्षा दल समेत गरिएको छ । गाउँमा समस्या पर्न वितिकै सुरक्षा दलले अव सवै काम गर्ने अर्का शिक्षक नन्दा शाही केसीले बताईन् । हाम्रो संयूक्त प्रयास अन्तरर्गत बाटो निर्माणको अभियान हो , अव लगत्तै अर्को बाटो निर्माणको सुरुबाट गरिने शाही केसीको भनाई छ । सडकले भत्काएको ठाउँमा विरुवा रोपिने उनको भनाई छ ।महिलाको नेतृत्व आमा समुह र पुरुसको नेतृत्व गाउँका वुढापाकाले गर्ने उनको भनाई छ ।


ताजा समाचार