Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

राजिनामा दिएर शिक्षक बने जनप्रतिनिधि


जाजरकोट । जाजरकोटमा एक जनप्रतिनिधि राजिनामा दिएर शिक्षक बनेकी छन । गत बर्ष सम्पन्न स्थानिय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी जुनिचाँदे गाउँपालिका वडा न ६ कि गरिमा शाही राजिनामा दिएर शिक्षक भएकी हुन् । शाही तत्कालिन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्य समेत निर्वाचि भएकी थिइन् ।

उनी छेडागाड नगरापलिका वडा नम्बर ७ को भानुभक्त आधारभुत बिद्यालयको शिक्षक बनेकी हुन् । बिहिबार जिल्ला समन्वय समितिबाट राजिनामा दिई जिल्ला शिक्षा समन्वय इकाइले लिएको परिक्षामा समेल भएकी थिइन ।

कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाई अनुदान दरबन्दिमा उनि शिक्षक बनेकी जिल्ला शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए । बुढाथोकिका अनुसार शाहिले पद बाट राजिनाम दिइएको खण्डमा शिक्षक पेशाम लाग्न पाउने अधिकार भएकोले परिक्षामा उतिर्ण भई सिफारिस गरिएको हो ।


ताजा समाचार