Loading... आजः बुधबार, कार्तिक ५, २०७७

अबरूद्ध सडक सुचारू नहुदा दुर्गम गाउँमा खाद्यान्न अभाव

जाजरकोट :  बाढी  पहिरोले बाटो र सडक बगाएपछि जाजरकाेटका दुर्गम गाउँमा खाद्यान्न अभाव भएको छ।  करिब दुई हप्ताभन्दा बढी समयदेखि अवरुद्ध भएका सडक र घोडेटो बाटोबाट नियमित ढुवानी रोकिएपछि समस्या भएको हो। जिल्लाको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। गत साउनको अन्तिममानलगाड नगरपालिकाको कालीमटीस्थित झुम्रेखोलामा आएको बाढीले पुल बगाएको थियो।

बारेकोट गाउँपालिकामा जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएपछि यहाँ खाद्यान्न अभाव भएको हो। त्यस्तै नलगाड नगरपालिका भित्रका मुख्य बजार कालीमटी ठप्प भएको छ। त्यस्तै कुशे गाउँपालिकाको पाँचकाटिया बजारमा समेत सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्री पुग्न सकेको छैन। पसलमा पहिले नै ढुवानी गरेको दैनिक उपभोग्य वस्तुको मूल्य चर्को रूपमा बढाएको छ। १९ सय रुपैयाँमा बिक्री हुँदै आएको २५ किलो चामल अहिले २२ सय रुपैयाँसम्म बिक्री गर्न थालिएको छ।


ताजा समाचार