Loading... आजः शनिबार, अशोज २, २०७८

बाढी पहिराेमा सन्तान गुमाएका अाफन्तलाइ राहत रकम हस्तान्तरण


जाजरकोट,१५ भदौ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बाढिमा परेर ज्यान गुमाएका आफन्तलाई राहात रकम हस्तान्तरण गरिएको छ । जुनिचाँदे गाउँपालिका वडा न ४ लुहादहका बहादुर चदाराको छोरा महेश चदाराको भदौ ३ गते जुनिचाँदे गाउँपालिका वडा न ४ र वडा न ११ को सिमानाम पर्ने बढाखोलामा आएको बाढिमा परि ज्यान गएको थियो ।

ज्यान गुमाएका चदाराका अभिवाभक बहादुर चदारालाइ शुत्रबार प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जिल्लामा रहेको दैबिक प्रकोप समिति बाट जनै एक लाखका दरले राहात दिने निर्णय अनुसार राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार जुनिचाँदे गाउँपालिकामा भदौ ३ गते आएको अभिरल बषा पछी आएको बाढिले बगाएर ज्यान गुमाएका महेश चदारा लाई जिल्ला सदरमुकाम खलंगा ल्याएर पोष्टमाटम गरि आवश्यक प्रकृया पुरा गरि राहत रकम हस्तान्तरण गरिएको बताए । जाजरकोट भौगोलीक बिकटताले हाल प्रहरीले काम गर्न कठिनाई हुदा पनि करिब ४ घण्टा पैदलको बाटोमा हिडि प्रहरी घटना स्थलमा पुगि महत्वपुर्ण जिम्मेवारी पुरागरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रविन्द्र बहादुर सिंहले बताए ।

उता पडित पक्षले समयमा काम भएको भन्दौ खुसि ब्यक्त गरे । गाउँबाट दुइ दिनको पैदल यात्रा पार गरि राहतको लागि जिल्ला पुगेको जिल्ला प्रशासनले समयमा काम गरेकोमा सरकारको सहनुभुती भएको पिडित हरुले जानकारी दिए ।


ताजा समाचार