Loading... आजः सोमवार, कार्तिक १०, २०७७

जिल्लाका चार ओटा स्थानिय तहमा तत्काल बैंक सेवा सुचारु हुन्छ : कार्यकारी अधिकृत सिटौला


जाजरकोट,१५ भदौ । कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले जाजरकोटका चार ओटा स्थानिय तहहरुमा तत्काल बैक सेवा सुचारु हुने बताएका छन । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार जिल्लाका दुर्गम क्षेत्रमा कामगर्नको लागि आफनो बैकले शाखा खोल्ने इजाजत पाए पछि हाल जाजरकोट जिल्लाका ४ ओटा स्थानिय तह हरुमा तत्काल शाखा सञ्चालन गर्ने बताए । शुत्रबार जाजरकोट जिल्ला सदरमुकाम खलंगाम कृषि बिकास बैक शाखा कार्यालयको अनलाइन बैंकि¨ सेवाको उदघाटन गर्दै प्रबन्धक सिटौलाले यस्तो बताएका हुन । सिटौलाका अनुसार कृषि विकास बैंक ऐन २०२४ अनुसार २०२४ माघ ०७ गते देखि स्थापना भई सरल कृषि कर्जा , उद्योग कर्जा, व्यापार कर्जा, सेवा व्यवसायको लागी कर्जा , घरायसी कर्जा, कर्मचारी सेवा कर्जा , ओभरड्राफ्ट कर्जा , सरल ठेक्का पट्टा कर्जा , शैक्षिक कर्जा लगायत ३५ वटा शिर्षकमा कर्जा लगानी गरि हाल सञ्चालमा रहेको बताए ।

हाल जाजरकोट जिल्लाम नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम भेरी नगरपालिका , कुशे गा.पा., बारेकोट गा.पा.र जुनिचाँदे गा.पा.मा गरी जाजरकोटमा ३ वटा शाखा तत्काल सञ्चालन गर्ने बताए । यस्तै उप महा प्रबन्धक प्रताव सुबेदिका अनुसार कृषि विकास बैंक लिमिटेडको कुल चुक्ता पुँजी रु १३ खर्ब ५० अर्ब , निक्षेप १ खर्ब ५अर्ब , कर्जा लगानी ९६अर्ब ४९ करोड , जगेडा कोष ११ सय ५४ करोड रहेको र २० लाख शेयरधनिहरु रहेका साथै आ.व.२०७४÷७५ मा ३अर्ब ६७ करोड मुनाफा आर्जन गरेर हाल देशभरी २ सय ७३ वटा कार्यालयहरु सञ्चालन गरिएको बताए । कृषि बिकास बैंक जाजरकोटका शाखा प्रबन्धक महानन्द चौलागाईका अनुसार स्थानिय स्थरमा रहेका अति गरिब पछाडि परेकाहरु लाई मध्यनजर गरि कृषि विक%


ताजा समाचार