Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

तेश्रो खेलमा नेपाल मलेसियासंग खेल्ने, हेड टु हेड नतिजा यस्तो छ

काठमाण्डाै । मलेसियामा जारि एसिया कप छनौट प्रतियोगितामा लगातार ओमानसँग ७ विकेट र युएईसँग ७८ रनले हारेपछि फाइनलमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । खराब ब्याटिङका कारणले नेपाल दुवै खेल हारेपछी नेपाल दवावमा परेको छ र अब नेपाल फाईनलमा पुग्ने कि नपुग्ने भन्ने अड्कलबाजी शुरु भएको छ ।

२ हार पछि अंक तालिकाको पाँचौस्थानमा रहेको नेपालले समुह चरणमा दोश्रो स्थान भित्र पर्दै एसिया कपको यात्रा गर्नका लागी बाँकी रहेका सबै खेल सिंगापुर, मलेसीया र हङकङ लाई राम्रो रनरेटमा हराउनु पर्नेछ भने अरु टिमको नतिजामा भर पर्नेछ ।

युएईले अबको सबै खेल हङकङ, मलेसीया र ओमानलाई हराउनु पर्नेछ । त्यस्तै हङकङले ओमानलाई हराउनु पर्ने हुन्छ ।

यदि यस्तो अबस्था भएमा नेपाल फाइनलमा पुग्नेछ र एसिया कपमा पुग्न फाइनल खेल जित्नुपर्ने हुन्छ । तेसकाे लागी नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा राम्राे पर्दशन गर्नुपर्छ ।

 यो अवस्थामा नेपालले भाेली (शनिबार) आयोजक मलेसियाको सामना गर्दैछ।

प्रतियोगिताको उत्कृस्ट सुरुवात गरेको मलेसियाले हंगकंगलाई परजित गरिसकेको छ भने दोश्रो खेलमा ओमानसंग हार बेहोरेपनि टक्करको प्रदर्शन गरेको थियो। गर या मारको अवस्%A


ताजा समाचार