Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

द्वन्द्वका बेला कर्णाली प्रदेशबाट ९३ जना बेपत्ता

सुर्खेत,१४ भदाै । सशस्त्र द्वन्द्वका बेला कर्णाली प्रदेशबाट ९३ जना बेपत्ता भएका छन्। तत्कालीन माओवादी तथा राज्य पक्षबाट गरी यो प्रदेशमा ९३ जना बेपत्ता भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को सुर्खेतस्थित कार्यालयले जनाएको छ।

बेपत्ता पारिएकामध्ये राज्य पक्षबाट ८० जना र तत्कालीन माओवादी पक्षबाट १३ जना रहेको ईन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए।ती बेपत्ता पारिएकाहरूको अवस्था बारेमा भने परिवारलाई अहिलेसम्म जानकारी नदिइएको उनले बताए।

‘राज्य र तत्कालीन माओवादी पक्षबाट बेपत्ता भएकाहरूको अवस्थाबारे अहिलेसम्म जानकारी दिइएको छैन,’ सुवेदीले भने, ‘कर्णालीका ९३ परिवार बेपत्ता भएकाहरूको पुनरागमन हुने बाटो हेर्दै बसेका छन्।’

setopati.com


ताजा समाचार