Loading... आजः शनिबार, कार्तिक ८, २०७७

जाजरकाेटमा २५ करोड भन्दा बढीको धनसम्पती र भौतिक संरचनाहरु नष्ट बिभिन्न मन्त्रालयमा ज्ञापन पत्र

जाजरकोट,१४ भदाै ।  संघीय सरकारका विभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाउन जाजरकोटवाट नेताहरुको एक टोली काठमाण्डौं पुगेको छ । बाढी, पहिरो र भु–क्षेयवाट जिल्लाका विभिन्न भागमा भएको धनसम्पती, मानविय तथा भौतिक संरचना नष्टको बिबरण सहित नेताहरुको टोली काठमाण्डौं पुगेको हो ।

जिल्ला समुन्वय समिति, जाजरकोट, नलगाड र भेरी नगरपालिकाको संयुक्त टोलीले मंगलवार देखि बिभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाउदै आएको छ । उक्त टोलीले बिहिवार गृहमन्त्रायमा पुगेर गृहमन्त्री रामबहादुर थापा वादललाई ज्ञापन पत्र बुझाएको छ ।

गृहमन्त्री बादललाई भेरी नगरपालिकाकातर्फवाट बाढी, पहिरो संकट क्षेत्र घोषणाको माग राख्दै लेखित पत्र बुझाईएको छ भने, नलगाड नगरपालिकाका तर्फवाट गत साउन २८ गते देखि ३० गतेसम्म आएको बाढी, पहिरो र भु–क्षयले पुर्ण रुपमा बगाएका २६ वटा घर, आँशिक क्षती पुर्याएका २५ वटा घर, विस्थापित ४३ घरपरिवार, उच्च जोखिममा रहेका ८२ घरपरिवारको विस्तृत विबरण सहित उक्त बाढी, पहिरो र भु–क्षयवाट ३ वटा मिल, ४५ वटा पानीघट्ट, ३ वटा ट्रस्टवृज पुल, २ वटा काठे पुल, ५ वटा गुम्ती पसल, धर्मशाला, कैना, बागमारे, झुप्रा खोला र छेप्का गरि ५ वटा लघु जलविद्युत आयोजनाका कुलोहरु पूर्णरुपमा बगाएको विवरण सहितको ज्ञापन पत्र बुझाईएकोछ ।

त्यसैगरि नलगाड नगरपालिकाका तर्फवाट १ सय ६ रोपनी जग्गामा लगाएको ४४ घरपरिवारको धान, मकै, अलैची बाली पुर्णरुपमा नष्ट भएको र १ वटा झोलुङ्गे पुलको पिल्लर कटान गरि क्षेती पुर्याएको विबरण पनि गृहमन्त्रालयलाई बुझाईएको ज्ञापन पत्रमा समावेश गरिएको नगर प्रमुख टेकबहादुर रावलले टेलीफोन मार्फत जानकारी गराए । साथै प्रमुख रावलले बाढी, पहिरो र भु–क्षेयवाट नलगाड नगरपालिकामा मात्र झण्डै २३ करोड भन्दा बढीको धनसम्पती र भौतिक संरचना नष्ट भएको जानकारी दिए ।

बिहीवार मन्त्रालयकै कार्यकक्षमा ज्ञापन पत्र बुझेका गृहमन्त्री रामबहादुर थापा बादलले ज्ञापनपत्र मार्फत बाढी, पहिरोले जाजरकोटमा भएको धनसम्पती, मानविय तथा भौतिक संरचनाको क्षेतीले आफुलाई गम्भीर बनाएको बताए । गृहमन्त्री थापाले तत्काल आफ्नो अध्यक्षतामा बिपद ब्यबस्थापन समितिको बैठक बसाली बाढी, पहिरोबाट भएको क्षेतीको स्थलगत अध्ययन तथा अवलोकन गरि तत्काल गर्न सकिने कामका विषयमा सम्बन्धित मन्त्रालयहरुलाई अनुरोध गर्ने प्रतिबद्धता ब्यक्त गरेको नगरप्रमुख रावलले जानकारी दिए ।

ज्ञापन पत्र बुझाउन काठमाण्डौं पुगेको टोलीले मंगलवार उर्जा मन्त्री बर्षमन पुनलाई ज्ञापन पत्र बुझाएको थियो भने, बुधवार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाएको थियो । भोली शुक्रवार भौतिक मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाईएको छ ।

यसबर्ष गएको बाढी र पहिरोमा परेर जाजरकोट जिल्लामा १४ जनाको ज्यान गएको छ भने, २५ करोड भन्दा बढीको धनसम्पती र भौतिक संरचनाहरु नष्ट भएका छन् ।


ताजा समाचार