Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

जाजरकाेटमा बाढि पहिराेले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित

जाजरकाेट,१४ भदाै । जाजरकोटमा एक घर पहिरोले बगाएको छ । नलगाड नगरपालिका ६ गराग्लीमा पहिलो जादा एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएकाछन् । विहीबार बेलुका करिब ४ बजेतिर आएको पहिरोले कर्ण बहादुर खड्कको चार कोठे घर, २ कोठे भैरी बाध्ने टिनको गोठ र बाख्राको खोरसमेत पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।

खड्काको घरमा भएको खाद्या सामग्री लगायत सम्पूर्णसामाग्रीहरु बाढीले बगाएको हाे । त्यसैगरी गराग्लीकै स्थानीय बासिन्दा दल बहादुर रावल, कृति बहादुर रावल, नन्ने कामी र लाल बहादुर खड्कालगाएत १० घर परिवार विस्थापित भएका छन् । विस्थापित सबैलाई माथिल्लो गराग्लीमा राखिएको स्थानीयले जानकारी दिए।

हाल पहिराेबाट कुनै मानवीय क्षेती भने नभएको बताइएको छ । यो समाचार तयार पार्दासम्म गराग्लीमा भिषण वर्षा भईरहेको छ । भिषण वर्षापछि आएको बाढीले एक सय हेक्टर बढी ओगटेको धानखेत १० मिटर तल भासिएको छ । बाढी नरोकिएकाले खोलाले कटानसमेत गरिएको नलगाड नगरपालिकाले जनाएकाे छ ।


ताजा समाचार