Loading... आजः बुधबार, कार्तिक १२, २०७७

नेपाल फाइनल पुग्ने सम्भावना यस्तो छ

काठमाडौ । लगातार ओमानसँग ७ विकेट र युएईसँग ७८ रनले हारेपछि फाइनलमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । खराब ब्याटिङका कारणले नेपाल दुवै खेल हारेपछी नेपाल दवावमा परेको छ र अब नेपाल फाईनलमा पुग्ने कि नपुग्ने भन्ने अड्कलबाजी शुरु भएको छ ।

अब नेपाल फाइनलमा पुग्नको लागी बाँकी रहेका सबै खेल सिंगापुर, मलेसीया र हङकङ लाई राम्रो रनरेटमा हराउनु पर्नेछ भने अरु टिमको नतिजामा भर पर्नेछ ।

युएईले अबको सबै खेल हङकङ, मलेसीया र ओमानलाई हराउनु पर्नेछ । त्यस्तै हङकङले ओमानलाई हराउनु पर्ने हुन्छ ।

यदि यस्तो अबस्था भएमा नेपाल फाइनलमा पुग्नेछ र एसिया कपमा पुग्न फाइनल खेल जित्नुपर्ने हुन्छ । तेसकाे लागी नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा राम्राे पर्दशन गर्नुपर्छ ।


ताजा समाचार