Loading... आजः शनिबार, कार्तिक ८, २०७७

छेडा थलह सडक खण्डमा बृक्षारोपन


जाजरकोट,१४ भदौ । जाजरकोटको शिवालय गाँपालिका वडा न १ छेडा बजार देखि शिवालय गाउँपालीकाको र्मोक सम्म बृक्षारोपन गरिएको छ । शिवालय गाउँपालिका र समुदायमा आधारीत वन सहजकर्ता सञ्जाल नेपाल जिल्ला शाखा जाजरकोटको साझेदारीमा उत्त क्षेत्रमा बृक्षारोपन गरिएको सामुदायमा आधारीत वन सहजकर्ता सञ्जाल नेपाल जिल्ला शाखा जाजरकोटका अध्यक्ष मोती ओलीले जानकारी दिए ।

अध्यक्ष ओलीका अलीका अनुुसार २०६०साल माघ २५ गतेका दिन ५१ जिल्लाका २सय ५१ जना सहजकर्ताहरुको भेला बाट गठन भएको यस सस्थाले समुदायमा आधारीत वन अभियानमा प्रवद्धन तथा सहजकर्ताहरुको क्षमता बिकासमा जोडदिदै आएको हाल सोही उद्देश्यका साथ जाजरकोटमा सञ्चालन गरिएको बताए । स्थापना कालदेखिनै आफना सदस्यहरु मार्फत उनिहरुको क्षेमता अभिबृद्धि गर्दै वन अधिकार प्रवधन गर्नका लागि अभियानको रुपमा सञ्चान गरिरहेको अध्यक्ष ओलीले बताए ।

कार्यक्रमले सरकारी तथा गैरसरकारि क्षेत्रमा रहेर वन अभियानमा कृयाशिल भईरहेका छन । समुदायमा आधारीत वन सहजकर्ता सञ्जाल नेपाल जिल्ला शाखा गठन वि।स २०७० सालमा सञ्जालका केन्द्रीय उपाध्यक्ष सरोज कुमार पाण्डेको प्रमुख आथित्यमा १९ जना सहजकर्ताको भेलाबाट स्थापना भएको समेत अध्यक्ष ओलीले जानकारी दिए । हाल जाजरकोट जिल्लाम ४१ जना सहजकर्ताहरु कृर्याशिल रहेका छन भने द्रोस्रो भेला २०७५ बाट ११ जना सदस्य रहेको जिल्ला शाखा गठन भएको छ ।

वन क्षेत्रको प्रबद्धन ,बिकास ,बृक्षारोपन र तालिमका साथै सहजकर्ताहरुको क्षमता बिकासका लागि कृयाशिल बताए । साथै छेडा –मोर्क सडक खण्डमा शिवालय गाउँपालिका वडा नं। १ का वढा अध्यक्ष मान बहादुर पुन द्धारा उद्दघाटन गरि बृक्षा रोपन कार्यक्रमको समेत उक्त कार्यक्रमले सम्पन्न गरेको बताए । हाल छेडा –मोर्क सडक खण्डमा १ कि।मि ठाउँमा १ सय ५० ओटा बिरुवा बृक्षारोपन गरियो । अध्यक्ष ओलीले जानकारी दिए ।

उता शिवालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र कुमार शाहीका अनुसार बर्षेनी गाउँपालीका भित्र रहेको सडक बाढि पहिरोले क्षती हुने दुर्घटना बढने भएकोले समृद्ध गाउँ हरीयाली गाउँपालीका निर्माण गर्नको लागि उत्त अभियान सञ्चालन गरिएको बताए साथै कम लगानिमा गरिएको काम प्रती अध्यक्ष शाहीले प्रसंसा समेत गरेका छन ।


ताजा समाचार