Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

सल्यानी कामदार बोहराको खलंगामा भिरवाट खसेर मृत्यु

जाजरकाेट ,१२ भदाै । जाजरकोट भेरी नगरपालिका–३ लभ रोडको भीरवाट खसेर एक सल्यानी कामदार मृत्यु अबस्थामा भेटिएका छन् । मंगलवार जिल्लाको ठाँटि स्थीत लबरोड देखि करीब १ सय २५ मिटर भिरबाट खसेर सल्यान बागचउर नगरपालिका भलचौरका अन्दाजी ३८ बर्षिय नर बहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रहरी निरीक्षक लोक बहादुर बिष्टले जानकारी दिए ।

जाजरकोट जिल्लामा दुई बर्ष पहिले देखि होटलमा , चामल, ग्यास लगाएत ट्रक तथा गाडी लोड, अनलोड गर्दै आएका सल्यानी बोहरा मंगलवार दिउसो मृत अवस्थाम भेटिएका हुन । बोहरा ट्रक तथा गाडी लोड, अनलोड गर्दै आएका अन्य मजदुरी गर्दै आएका थिए ।

लभ रोडको भीरवाट खसेका बोहराकोे लास बाख्रा चराउन जंगल पुगेका केटाकेटीले देखेपछि अस्थायी प्रहरी पोष्ट ठाँटीलाई जानकारी दिएका थिए जिल्ला प्रहरी कार्यालय, जाजरकोटको एक टोली घटना स्थलमा पुगेर थप जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट लोक बहादुर बिष्टको नेत्रित्वमा खटिएको सुरक्षकर्मिको टोलीले कानूनी प्रक्रिया पुरा गरेर पोष्टमार्टम गर्न लास अहिले जाजरकोट अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटकाे प्रहरी नायब उपरिक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए । हाल घटना सम्बन्धी थप अनुसन्धान भई रहेको र मृतकका आफन्तलाइ सम्पर्क गरिरहेको र आफन्त आए पोष्टमाटम गरिने प्रहरी नायव उपरिक्षक सिंहले जानकारी दिएका छन् ।


ताजा समाचार