Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

बाँकेकाे काेहलपुरमा ५ बर्षिया बालिका बलात्कृत

बाँके । कोहलपुर नगरपालिका वडा नं. ३ मैटहवामा ५ वर्षिया मुस्लिम समुदायकी वालिका बलात्कृत भएकी छिन् ।

सोही ठाउँमा बस्ने १५ बर्षिय किशोर हरुण खाँनले मंगलबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि बलात्कारका आरोपी खाँनलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको बताइएको छ ।

बलात्कृत वालिकाको स्वास्थ्य परीक्षणका लागि मंगलबार नै मेडिकल कलेज पुर्याइएको प्रहरीले जनाएको छ । मंगलबार घटना घटेपनि प्रहरीमा जाहेरी भने दर्ता गरिएको छैन ।

बलात्कारका आरोपीे भारत उत्तर प्रदेश डिन्नी रहेली घरभई हाल कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने हरुण खाँनलाई प्रहरलिे नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भैरहेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रमेश बहादुर सिंहले जानकारी दिए ।


ताजा समाचार