Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

एशिया कप क्वालिफायर भोलि देखि, नेपालकाे पहिलाे खेल अाेमानसगँ

काठमाडौँ। एशिया कप क्वालिफायर भोलि देखि मलेसियामा सुरु हुदै छ। भदौ १३ देखि २१ सम्म मलेसियाको क्वालालाम्पुरमा हुने यस क्वालिफायरमा भाग लिन सहभागी ६ दश कै राष्ट्रिय क्रिकेट टिम मलेसिया पुगिसकेका छन्। एशिया कपको क्वालिफायरमा एकदिवसीय मान्यता पाएका नेपाल, युएईसहित हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्दै छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले एशिया कप क्वालिफायरमा भाग लिन जानु अघि श्रीलंकामा तीन अभ्यास खेल खेलेर अहिले मलेसिया पुगेको छ। श्रीलंकामा नेपालले ब्लुमफिल्ड क्लब, आर्मी क्लब र कोल्ट्स क्लबसँग खेलेका अभ्यास खेलमा जित हासिल गर्दै उच्च मनोबलका साथ मलेसिया पुगेको छ।

नेपालले आफ्नो पहिलो खेल बुधबार ओमनसँग खेल्ने छ भने युएईसँग विहिबार खेल्ने छ। त्यस्तै शनिबार आयोजक मलेसियासँग र आइतबार नेपालले सिंगापुरसँग खेल्ने छ भने मंगलबार नेपालले हङकङसँग खेल्ने छ । दुई शिर्ष टिमबीचको फाइनल खेल भदौ २१ गते विहिबार हुने छ।

खेल तालिका :

अगष्ट २९ (भदौ १३ गते) : मलेसिया भर्सेज हङकङ, नेपाल भर्सेज ओमान, युएई भर्सेज सिंगापुर
अगष्ट ३० (भदौ १४ गते) : युएई भर्सेज नेपाल, हङकङ भर्सेज सिंगापुर, मलेसिया भर्सेज ओमान
सेप्टेम्बर १ ( भदौ १६ गते) : ओमान भर्सेज सिंगापुर, मलेसिया भर्सेज नेपाल, युएई भर्सेज हङकङ
सेप्टेम्बर २ (भदौ १७ गते) : हङकङ भर्सेज ओमान, मलेसिया भर्सेज युएई, नेपाल भर्सेज सिंगापुर
सेप्टेम्बर ४ (भदौ १९ गते) : मलेसिया भर्सेज सिंगापुर, युएई भर्सेज ओमान, नेपाल भर्सेज हङकङ
सेप्टेम्बर ६ (भदौ २१ गते) : फाइनल

एशिया कपमा भदौ ३० गते देखि असोज १२ गतेसम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन् । छनौट हुने देशले भदौ ३१ मा पाकिस्तानसँग र असोज २ मा भारतसँग खेल्ने छ।

१५ सदस्यीय नेपाली टिम  : 

पारस खड्का ( कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिलकुमार शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहमद अरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुबाश खकुरेल, बिनोद भण्डारी र सागर पुन ।


ताजा समाचार