Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

जाजरकोटमा श्रीमतिको हत्या अभियोगमा श्रीमान पक्राउ

जाजरकाेट । श्रीमतिको हत्या अभियोगमा जाजरकोटमा मृतकका श्रीमान (पति) पक्राउ परेका छन् । आफ्नै श्रीमतीको हत्या अभियोगमा बारेकोट गाँउपालिका वडानम्बर ६ नायकवाडाका २८ बर्षिय जनक सिहलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको हो ।

गत २७ साउनमा उपचारको लागी बारेकोटको लिम्सा स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएकी २५ बर्षिय तारासिंह अधिकारी भोली पल्ट नलसिंहगाड खोलामा मृत अवस्थामा फेला परेकी थिईन । घर तथा स्वास्थ्य संस्था देखि करीव ७ किलोमिटर तल ताराको लास बेवारिसे अवस्थामा फेला परेको थियो ।

छेडागाड ५ का कालीबहादुर अधिकारीले आफ्नी बहिनीको हत्या गरेर खोलामा बगाईदिएको भन्दै मृतकका श्रीमान जनक सिंहको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान थालेको घटनाको अनुसन्धान अधिकृतको रुपमा खटिएका प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । सिंहलाई शुरुमा तीन दिनको म्याद दिएको अदालतले थप १० दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीले पक्राउ परेका जनकको पोलिग्राफ टेष्ट गरिरहेको छ । सुर्खेतबाट ल्याईएको यो उपकरणले झुटो बोले तल्ती भनेर देखाउँछ । त्यस्तै उनको कलडिटेल, फोन हेन्डसेट म्यासेज र मृतकको लासको पोष्र्टमार्टम रिपोट लगायतका आवश्यक कुराहरु प्रहरी प्रधान कार्यालय विधि विज्ञान प्रयोगशाला पठाईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी रविन्द्र सिहले बताए । प्रहरीले अनुसन्धानका लागी प्रयोग गरिने सवै प्रकारका प्रक्रिया र विधि प्रयोग गरेको छ । केहीको रिपोट एक दुई दिनमै आईपुग्छ । अनुसन्धान जारी छ डिएस्पी सिहले भने ‘घटनाको यथार्थ विवरण केही दिनमै सार्वजनिक गछौ । अहिले अनुसन्धानकै क्रममा भएकोले यो हत्या वा आत्महत्या के हो अहिले नै भन्न मिल्दैन । अनुसन्धान पुरा भए पछि यथार्थ सवैकुरा खुल्छ ।’

छेडागाड ५ दशेराकी तारालाई जनकले ५ बर्ष अघि विहे गरेका थिए । उनीहरुका दुई बर्षकी एक छोरी छिन् । उनीहरु विच केही समय अघि देखि सम्बन्ध राम्रो नरहेको माईती पक्षको भनाई छ । बहिनी केही महिना देखि निकै तनावमा थिईन । मृतक ताराका दाई कालीबहादुरले भने ‘मेरी बहिनीको हत्या उसकै श्रीमान जनकले गरेको हो ।’ तर प्रहरी सँगको बयानमा जनकले आफुले हत्या नगरेको बताउँदै आएका छन् । उनले आफु सँग सल्लाह गरेर नै उपचारको लागी स्वास्थ्य केन्द्र गएको बताएका छन् ।


ताजा समाचार