Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

प्रेमी प्रेमिका एउटै पासोमा झुण्डिए

सिन्धुपाल्चोक । प्रेमी प्रेमिका एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ मेलम्ची नगरपालिका–६ सिन्धुकोटको जंगलमा कटुसको रुखमा एउटै डोरीमा झुण्डिएको अवस्थामा परेका हुन् ।

ठकुरी ७ महिनाअघि जाजरकोटबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मानेभञ्ज्याङमा घर निर्माणको काम गर्न आएका थिए । भदौ ७ गते गाउँबाट दुई युवक र दुई युवती हराएका थिए । केटीका आफन्तले प्रहरी कार्यालयमा उजुर गरेपछि खोजी गर्दा एक युवक र युवती पक्राउ परेका थिए ।

उनीहरुसँगै हराएका अरु दुई जना पदम र फुलमाया भने झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । आइतबार स्थानीयले मेलम्ची जंगलमा कटुसको रुखमा भुण्डिएको अवस्थामा दुवैलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

रुखको बीचभागमा एउटै डोरी र एकै पट्टी फर्किएर झुण्डिएको अवस्थामा मृत भेटिएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । सँगै हिँडेका अर्को जोडीलाई प्रहरीले पक्राउ गरेको थाहा पाएपछि उनीहरु डराएर आत्महत्या गरेको हुन सक्ने स्थानीयको बुझाइ छ ।

पक्राउ परेका जोडीले सहमतिमा नै शारीरिक सम्बन्ध राखेको दुवैले स्वीकारे पनि युवतीको उमेर १३ बर्षको मात्रै भएकाले प्रहरीले जबरर्जस्ती करणी अन्र्तगत मुद्दा चलाएर अनुसन्धान प्रक्रिया सुरु गरेका थियो ।

घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।


ताजा समाचार