Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

भड्किलो कृयाकलापले तिजकाे माैलिकता हराउदै

तस्बिर: गुगलबाट

जाजरकाेट । तीज आउनुपूर्व नै तिजका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढ्दै गएकाे छ । यस्तो कृयाकलाप विरुद्ध महिलाहरु नै सन्तुष्ट छैनन् । बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै भड्किलो बन्दै गएको छ ।

यस्तो खाले प्रबृत्तिले पर्वप्रति नै नकारात्मक भावना बढाएको र धेरै मूल्य पर्ने गरगहना तथा लत्ताकपडा लगाउने र समाजमा आडम्वरपन देखाउने प्रबृत्तिले तीजको संस्कृतिलाई विकृत बनाइरहेको र नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भएको तथा यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेकोमा महिला सामाजिक अभियन्ताहरुले बेलाबेलामा चिन्ता ब्यक्त गर्ने गरेका छन् ।

तीजको आफ्नै मौलिकता रहे पनि आर्थिक आडम्बरका कारण यसको मौलिकतामा समेत ह्रास हुँदै गएको र भड्किलो कृयाकलापले तीजका मौलिक गीतसमेत लोप गराएको भन्दै पछिल्ला वर्षमा तिज रत्यौली जस्तो बनेको छ ।

तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने चाड हो । महिला भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिन ब्रत बस्ने र पञ्चमीका दिन ऋषिपञ्चमीको पूजा पर्ने गरिन्छ । धार्मिक विश्वासअनुसार भगवान् शिवको सु-स्वास्थ्यको कामना गर्दै माता पार्वतीले हरितालिका तीजको ब्रत बसेको धार्मिक विश्वासका आधारमा त्यसै बेलादेखि तीज पर्व मनाउँदै आएको पाइन्छ ।

नारीका दुःख, सुखका कथा, व्यथा, समाजको जीवन्त चित्रणलाई तीजको गीतमार्फत् प्रस्तुत गरिँदै आएकामा यसको मौलिकता हराउँदै उच्छृङ्खलपूर्ण गायन एवं छायाङ्कनले गम्भीर चिन्ताको विषय बनाएको महिला सामाजिक अभियन्ताहरुकाे भनाइ रहेकाे छ ।


ताजा समाचार