Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

दलित परिवारलाई बिमा रकम हस्तान्तरण


जाजरकोट ११ भाद्र । कुपिन्डे नगरपालिका २ सल्यान की चित्रकला परियारलाइ सुर्यालाइफ इन्सोरेन्स कम्पनीले बिमा रकम हस्तान्तरण गरेको छ । बिमित परियारका श्रीमान इन्द्र बहादुर परियारको वैदेशिक रोजगारको शिलसिलामा मृत्यु भएपछि कम्पनीले बिमा रकम हस्तान्तरण गरेको हो ।

मृतक परियारले दुई बर्षपहिले कम्पनीमा वैदेशिक रोजगार (म्यादि)जीवनविमा योजना अन्तर्गत बिमा गरेका थिए । रु ५ लाखको वैदेशिक रोजगार (म्यादि) जीवन विमा गरेका इन्द्र बहादुर परियारको गत वैशाख महिनामा एक्कासी मृत्यु भएको थियो । २ हजार मात्र प्रिमियम रकम बुझाएका मृतक इन्द्रको मृत्युपछि श्रीमति चित्रकला परियारलाई ६ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको कम्पनीका जाजरकोट शाखा प्रमुख सरस्वती गिरीले बताइन ।

मृतक इन्द्रका श्रीमति चित्रकलालाई कुपिन्डे न.पा.२ राईरा (साविक वामे १) सल्यानमै गइ बिमा रकमको चेक हस्तान्तरण गरिएको हो । रकम प्राप्त गरेपछि चित्रकलाले श्रीमानले समयमा बिमा गरेकोले आफुलाइ पिडाको घाउमा मलम लगाउने काम कम्पनीले गरेको बताइन । जीवनको कुनै भरोसा हुदैन सबैले बिमा गरे दुःखको बेला आश्रित परिवारले राहत पाउने अबसर आउदो रहिछ उनले भनिन ।


ताजा समाचार