Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

विश्वकप क्रिकेटको ट्रफि नेपाल ल्याइने

काठमाडौं । नेपालीहरुले क्रिकेट विश्वकपको ट्रफी प्रत्यक्ष देख्न पाउने भएका छन् । क्रिकेट विश्वकपको ट्रफि पहिलो पटक नेपाल ल्याइने भएको छ । विश्वकपमा खेल्न नपाए पनि नेपालले ट्रफि भने प्रत्यक्ष देख्न पाउने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै ट्रफीको विश्व भ्रमण नेपालमा पनि गराउने जानकारी दिएको हो ।

२०१९ मा इंल्याण्ड र वेल्समा हुन लागेको क्रिकेट विश्वकपको ट्रफी नेपालमा ल्याइन लागेको हो । २७ अक्टोबरमा ट्रफि नेपाल आउने छ । प्रदर्शनीका लागि ट्रफिलाई दरबार स्वायर क्षेत्रमा राखिने आइसीसीले जनाएको छ । ट्रफिलाई १२ घण्टा सम्म राखिने छ । विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म राखिने ट्रफिलाई नेपालीहरुले प्रत्यक्ष रुपमा हेर्न, फोटो खिच्न पाउने छन् । क्रिकेट खेलका समर्थकका लागि यो खुसीको कुरा भएको भन्दै आइसीसीले यसले नेपाली क्रिकेट फ्यानलाई पनि उत्साहित बनाउने बताए ।

यही सोमबारबाट आइसीसीको दुबर्इ स्थित हेडक्वार्टरबाट ट्रफीको विश्व भ्रमण सुरु हुनेछ । जसलार्इ पाँच महादेशका विभिन्न २१ देशका ६० शहरमा ट्रफी घुमाइने भएको छ । पहिलो पटक निशानको सहायतामा आइसीसीले विश्वका यतिधेरै स्थानमा ट्रफी भम्रण गराउन लागेको हो ।

विश्वलाई क्रिकेटका माध्यमले जोड्न सहयोग पुर्याउने बताइएको छ । नौ महिने भम्रणका क्रममा ट्रफी सहभागी राष्ट्र वाहेक अन्य मुलुकमा पनि ट्रफि लगिन लागिएको हो । नेपालसँगै पहिलोपटक नेपाल, अमेरिका, जर्मनी जस्ता क्रिकेट उदयमान राष्ट्रमा भम्रण गराउन लागिएको आइसीसीले जनाएको छ ।


ताजा समाचार