Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

प्रमुख जिल्ला अधिकारी बस्नेत द्धारा नलगाडमा राहत वितरण

जाजरकोट,१०भदौ । जाजरकोटको नलगाड नगरपालिकामा साउन २९ गते आएको वाढीले घर,खेत र जग्गा गुमाएका पिडितहरुलाइ प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले राहत वितरण गरेका छन । मंगलवार प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेत जिल्लाको नलगाड नगरपालीकाम पुगेर राहत रकम बितरण गरेका थिए । नलगाड नगरपालिका दल्लीमा ८२ परिबार लाई ।

१ लाख, पुरै घर क्षति भएकालाइ , रू ५० हजार र आंशिक क्षति भएकालाई, २० हजार नगद तथा रेडक्रसको तर्फबाट त्रिपाल सहित बन्दोवस्तीका सबै सामान बितरण गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । प्रजिअ बस्नेतका अनुसार वर्षा भइरहेकोले ठाउँ ठाउँमा ठूला ठूला खोला जोखिमपूर्ण तरिकाले पार गर्नुपरेको, पहिरो पन्छाउदै जलाम्य र हिलाम्य सडक भएर राहत बितरण क्षेत्रमा पुग्न निकै कष्टपूर्ण ,शीघ्र तथा अधिकतम उद्धार, राहत र पुनर्स्थापनामा हामी अहोरात्र खरटिरहेको बताए ।साथै बाढि पहिरो बाट पिडितहरुलाइ सहयोगको लागि एकतावद्ध भई हातेमालो गर्दै अघि बढ्न सबैमा आग्रह गरेका छन ।

साथै अविरल वर्षातका कारण आधा दर्जन अस्थायी तथा पक्की पुलहरू बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य भएका छन ्। एक दर्जन बढी गाउँ हुँदै बग्ने झुमरा खोलाको बाढीले उक्त खोलामा रहेका पुलहरू बगेपछि स्थानीय अस्थायी काठको लाप्कोमा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् । नगरपालिकाका ५ वटा वडाका दर्जन बढी गाउँ मात्र नभई डोल्पा र जुम्लाबाट जाजरकोट हुँदै सुर्खेत नेपालगन्जको यात्रा गर्ने सर्वसाधारणले खोलामा राखिएका काठका लाप्कोहरूमा ज्यानको बाजी लगाएर यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन्। चारै तिरबाट खोलाले घेरिएको नलगाडका स्थानीयलाई एक गाउँबाट अर्काे गाउँमा जाँदा ज्यानकै बाजी लगाउनुपर्ने अवस्था आइपरेको नलगाड नगरपालिका ४ लहका स्थानीयहरुले जानकारी दिए ।

उता नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले अहिले अस्थायी रुपमा केही खोलामा काठको लाप्को हालेर काम चलाइएको र झोलुङगे पुल तथा अन्य पक्की पुल निर्माणका लागि नगरपालिकामा वजेट नभएका कारण केन्द्र सरकारसँग आवश्यक वजेट माग गरिएको बताए। उनले खराब भुगोल भएका कारण एउटा पुल बनाउन ३५ लाखसम्म लाग्ने भएकोले प्रदेश सरकार र केन्द्र सरकारले सक्रियता नदेखाएसम्म नलगाडका जनताले सुरक्षित रुपमा यात्रा गर्न नपाउने बताए। स्थानीय सरकार भनेपनि वजेट केन्द्र र प्रदेशमै खिचिने गरेका कारण स्थानीय पूर्वाधार निर्माणमा आफूहरूको क्षमता नभएको मेयर रावलले बताए।

उनले नलगाडमा भत्किएका पुल र पीडित जनताको लागि विभिन्न निकायसँग सहयोग मागिरहेको बताए। झुमरा खोलामा आएको बाढीले स्थानीयका धान खेत,घर,घटट, घुम्ती र अन्य पशु चौपाया बगाउदा करोडौंको क्षति भएको रावलले बताए।


ताजा समाचार