Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

पुजापाठ संगै मालिका मन्दिरमा भब्य मेला, दुई सय बढिको बलि चढाइयो


जाजरकोट,१० भदौ । जाजरकोटको भेरी नगरपालिका वडा न ६ मच्छाईनामा मालिका मन्दिरको पुजापाठ संगै भब्य मेला मनाइएको छ । मच्छाईना माइ करिब साढी ६ सय बर्ष पहिला जाजरकोटको भुमीलाई छोडेर गोरखा पुगेकी मनकामना देवी र मध्य तथा सुदुरपश्चिमका सबै पहाडका अग्ला चुचुराहरुमा बासस्थान भएकी सत्यकी देवी मालिका उत्पत्ति भएको स्थल रहेको बिश्वाशले मेला मनाइएको हो । जनहीपूर्णीमाको चतुरदशी देखि पुर्णीमाको दिनसम्म भव्य मेला लाग्नुको साथै पुजा आरधना गरिने मालिका मन्दीरमा निसन्तानहरुले सन्तानको बर माग्ने पुरानो चलन रही आएका मालिका मन्दीरमा पुगेर भाकल गरेपछि सन्तान प्राप्ती हुनुको साथै पशुचौपाय, लगाएत धनसम्पती, शिक्षादीक्षा प्राप्ती हुने जनबिश्वास रहेको स्थानीय जानकारहरु बताउ छन ।

मान्छेलाई मालीका माईले शक्ति प्रदर्शन गरेर मनोआकांक्षा पुरा गर्ने मालिका देवी भएकोले उक्त मन्दीरमा दाङ्ग, सल्यान, बाँके, बर्दीया, सुर्खेत लगाएतका नागरिकहरु पुगेर सन्तानको बर माग्नुको साथै धनसम्पती, पशुचौपाय, शिक्षादीक्षा, महामारीजन्य रोग ब्यथा, राजनैतिक चुनाव जित्न पाऊ भन्ने जस्ता कुरामा बर माग्ने गरेकोसमेत स्थानियहरुले बताए । मन्दीरमा राखेको कबुल अनुसार बर मागेको मनोआकांक्षा पुरा भए पछि बोकाको बली चढाइने मन्दीरका पुजारी गोबीन्द घर्तीले जानकारी दिए । घर्तीका अनुसार कतिपय सन्तान भएका तर, छोरी मात्र भएका मान्छेहरुले पनि मालिका मन्दीरमा पुगेर छोराको बर माग्ने गरेको अनुभव रहेको बताए । यो बर्ष मात्र २ सय बढि चढाएको पुर्णिमाको साझ मात्र एकीन हुने बताए ।


‘मनकामना देवी र मालिका देवी दुई बहिनी हुन् भन्ने किंवदन्ती छ ।’ ‘साढे ६ सय वर्ष पहिला जाजरकोट राज्य स्थापनाकालमा मालिका र मनकामनालाई जाजरकोटी राजाले अन्यायपूर्ण व्यवहार गरेको भनेर असन्तुष्टि व्यक्त गर्दै मनकामना देवी जाजरकोटको भूमि छोडेर गोरखा गएको किंवदन्ती छ ।’

गोरखाकी मनकामना र जाजरकोटकी मालिका देवीबीच धेरै कुरामा समानता रहेको छ । ‘गोरखाको मनकामना र जाजरकोटको मालिका मन्दिरमा मगर जातिको पुजारीले पूजा गर्नुपर्ने व्यवस्था छ ।’ मनकामना देवीले जाजरकोटको भूमि छोडेर गोरखा जाँदा सरापेर गएको हुनाले जाजरकोटी राजाका सन्तान तथा शाह ठकुरीहरुले गोरखाकी मनकामनाको दर्शन गर्न नहुने भन्ने भनाइ विद्यमान छ ।

मनकामना देवीको उत्पत्ति भएको भेरेमा रहेको मन्दिरमा नौवटा पानीका मूलहरु जाग्ने गरेका छन् । त्यही मन्दिरमा मनकामना देवीको पूजाआजा गर्ने गरिएको छ । मन्दिरको माथि रहेको अग्लो पहाडमा मालिका देवीको पूजाआजा गर्ने गरिन्छ ।

भेरेको नौमूलीमा मनकामना देवीको मन्दिर नजिकै पानीको दुर्लभ ताल छ । त्योभन्दा माथि भीरमा खस्नै लागेजस्तो देखिने अजंगको पहाडमाथि मालिका देवीको मन्दिर हेर्दा नै मनमोहक लाग्ने गर्दछ । त्यही पहाडजस्तो ठूलो चट्टानकोे उचाइबाट दैलेख, सुर्खेत, सल्यान, रुकुम, रोल्पा बागलुङ्ग, म्याग्दीलगायतका जिल्लाका भू–भागहरुको दृष्यावलोकन गर्न सकिन्छ । जाजरकोटको कुशे गाउँपालिकामा रहेको कुशे पाटन, बारेकोट गाउँपालिकामा रहेको चाखुरे पाटन,जुनिचाँदेमा रहेको चाँदे हिमाल, रमका हिमाल, नलगाड नगरपालिकामा रहेको मुट्केचुला पाटन, रुकुमको चित्रे पाटन, सिस्ने र पुथा हिमाल, रोल्पाको जलजला हिमाल, म्याग्दीको धौलागिरि, अन्नपूर्ण हिमालका सुन्दर दृष्यहरु नजिक बाट निहाल्न सकिन्छ । मालीकाम सदरमुकाम खलंगा बजारदेखि १९ किलोमिटर दूरीमा रहेको मालिका मन्दिर समुन्द्री सतहदेखि २४ सय ८९ मिटरको उचाइमा छ ।

मालिका मन्दिर पुग्नलाई खलंगा बजारबाट ४ घण्टाको पैदल यात्रा गर्नु पर्दछ भने कच्ची सडकमा डेढ घण्टाको समयमा गाडी यात्रा गरेर मालिका पुग्न सकिन्छ । यस क्षेत्रलाई पर्यटन गन्तव्य स्थालका रुपमा विकास तथा प्रवद्र्धन गर्न भेरी नगरपालिकाले ‘मालिका’ पर्यटन विकास तथा प्रवद्र्धन समिति–२०७५ गठन गरिसकेको छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश (सिपी) घर्ती संयोजक रहेको ‘मालिका’ पर्यटन विकास तथा प्रवद्र्धन समिति–२०७५ ले आफ्नो कार्य प्रारम्भ गरिसकेको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिए ।

‘आन्तरिक तथा बाह्य पर्यटकहरु यस क्षेत्रमा नियमित घुमफिर गर्ने वातावरण श्रृजना गर्न ‘मालिका’ पर्यटन विकास तथा प्रवद्र्धन समितिले जोड दिनेछ,’नगर प्रमुख घर्तीले बताए, ‘मनोरन्जनसहित अध्ययन अवलोकन गर्न उपयोगी मात्र नभई धार्मिक हिसाबले पनि मालिका निकै महत्वपूर्ण ठाउँ हो, यसको विकास र प्रवद्र्धनमा नगरपालिकाका तर्फबाट गर्नुपर्ने सबै काम गर्छौं, यसको विकासमा निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्ने छौं ।

पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मालिका क्षेत्रको बृहत्तर विकास तथा प्रवद्र्धन गर्न नगरपालिकाले विशेष गुरुयोजना निर्माण गर्न लागेको प्रमुख घर्तीले जानकारी दिए । मालिकालाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार बिकासमा जोड दिने प्रमुख घर्तीको भनाइ छ । सडक, बिजुली, सञ्चार, सुविधा सम्पन्न मालिका भ्युटावर, मालिका पहाडको घेराबार, रिसोर्ट, पार्क, पिकनिक ‘स्पट’लगायतका पूर्वाधारहरु निर्माण गर्न बजेट व्यवस्थापन गर्नुको साथै योजना तर्जुमाको काम सुरु भइसकेको नगर प्रमुख घर्तीले बताए । होमस्टेको निर्माण तथा व्यवस्थापन गर्नका लागि निजी क्षेत्र तथा स्थानीय नागरिकसँग सहकार्य गरिने उनले बताए ।

मच्छाईनाका स्याउ, आरु, आरुबखडा लगायतका फलफूल र अर्गा्निक आलु तथा तरकारीले रिसोर्ट र होमस्टेको खानाका परिकारलाई हाइजेनिक गराउनुको साथै स्थानीय उत्पादनको सहज बजार विस्तार हुने प्रमुख घर्तीको तर्क छ । नेपालगन्जबाट मालिका क्षेत्र अवलोकन गरेर फर्कन सकिने अवस्था भइसकेको मोटरबाटोको स्तरोन्नति गरी ५ नम्बर प्रदेश कपिलवस्तुको लुम्बिनी, बर्दियाको ठाकुरद्वारदेखि ७ नम्बर प्रदेशको खप्तड, शुक्लाफाँट हुँदै कर्णाली प्रदेश हुम्लाको मानसरोवर, मुगुको रारा, डोल्पाको शे–फोक्सुण्डो ताल, रुकुमको स्यार्पुताल, सल्यानको कुपिण्डेदह र खैराबाङ्गी माईको मन्दिर, सुर्खेतको देउतीबज्यै, काँक्रेबिहार, बुलबुले, दैलेखको ज्वाला र जुम्लाको चन्दननाथ–भैरवनाथ हेर्न तथा मनोरन्जन लिन आउने बाह्य पर्यटकहरुलाई मालिकासँग जोड्न सकिने प्रमुख घर्तीको भनाइ छ ।


ताजा समाचार