Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

सागर र दिपेन्द्रकाे उत्कृष्ट ब्याटिङले दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

तस्बिर : रमन सिवाकाेटीकाे फेसबुकबाट

काठमाण्डाै । अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा समेत जित हात पारेको छ। नेपाली टोलीले दोश्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस नियमका आधारमा १ सय ७६ रनले पराजित गरेको हो।

नेपाली टोलीले दिएको ३ सय २४ रनको विजयी लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको अवस्थामा खराव प्रकाशका कारण खेल अघि बढ्न नसकेपछि खेलको निर्णय डकवर्थ लुइसका आधारमा गरिएको थियो, जसमा नेपाल १ सय ७६ रनको जित निकाल्न सफल भयो।

तस्बिर : रमन सिवाकाेटीकाे फेसबुकबाट

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरी र सागर पुनको उत्कृष्ट ब्याटिङमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोडेको थियो। नेपालका तर्फवाट उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक १ सय २१ रन जोडे। उनले ९६ बलको सामना गर्दै ९ चौका र ५ छक्काको मद्दतमा १ सय २१ रन जोडेका हुन्। यस्तै सागर पुनले ८३ बलको सामना गर्दै ९२ रन जोडे। उनले ८ चौका र ३ छक्का प्रहार गरे। ८४ रनमा ४ विकेट गुमाइसकेको अवस्थामा नेपालका मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल विशाल योगफल तर्फ उन्मुख भएको थियो। दिपेन्द्र र सागरले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए। यस्तै अनिल शाह १७ , पारस खड्का २३, सुवास खकुरेल ९ तथा रोहितले ११ रन जोड्दा करन केसीले १२ बलमा २६ रन जोडेका थिए।

३ सय २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालको तिखो बलिङ सामु ब्लुमफिल्डका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन। ब्लुमका लागि सनोजले सर्वाधिक ३८ रन बनाए। नेपालका लागि सागर पुनले ३ तथा ललित भण्डारीले दुई विकेट लिए। सागरले ८ ओभर बलिङ गर्दै १ मेडन राखी १६ रन खर्चिएर ३ विकेट लिएका हुन। यस्तै पारस खड्का, ललित राजवंशी र बसन्त रेग्मीले समान १ १ विकेट लिए।

आजको खेलमा ज्ञानेन्द्र मल्ल विनोद भण्डारी तथा सोमपाल कामीलाई टोलीमा समावेस गरिएको थिएन। यसअघि आर्मी क्लब विरुद्ध भएको पहिलो अभ्यास खेलमा नेपाल ६७ रनले विजयी भएको थियो। ३ अभ्यास खेल खेल्न श्रीलंका पुगेको नेपाली टोलीले अन्तिम अभ्यास खेल आइतवार खेल्नेछ।


ताजा समाचार