Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

ठेक्दारकाे लापरबाहीका कारण ६ बर्ष सम्म पनि बनेन माेटर पुल 

रेशम बहादुर खडका  निमार्ण काे जिम्मा पाएकाे  ठेक्दारकाे लापरबाहीका कारण ६ बर्ष सम्म पनि  माेटर पुल बन्न नसक्दा स्थानियहरू लाइ सास्ति भएकाे छ । जिल्लाकाे  शिवालय गाउँपालिका–१ मोर्कखोलामा निर्माण कार्य सुरुगरेको ६ बर्ष बितिसक्दा पनि मोटरेवलपुल बन्न नसकेपछि पश्चिम जाजरकोटका नागरिक  कस्टकर यात्रा गर्न बाध्य भएका छन् । पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे र कुशे गाउँपालिकालाई सडक सञ्जालमा जोड्न शिवालय गाउँपालिका–१ स्थित छेडाचौर देखि २०५९ सालमा खन्न सुरु गरिएको मोटर पुल हाल निर्माण  कार्य नहुदा दैनिक अावत जावतमा समस्या भएकाे छ ।

जिल्लाम रहेका सराेकारवाला निकाय राजनितिक दल ,जनप्रतीनिधिकाे ध्यान नदिदा निर्माणकाे जिम्मा लिएकाे ठेकेदार हाल सम्पर्क बिहिन भएकाे छ । हाल पुल समयमा निर्माण नहुदा  छेडागाड नगरपालिका, शिवालय र कुशे गाउँपालिकाका र जुनिचाँदे गाउँपालीकाका हजाराै नागरीकहरू हाल पैदल हिडेर यात्रा गर्न बाध्य भएका छन । उत्त सडकमा  छेडा–ढुङ्गील–जुनीचाँदे हुदै जुम्ला जोड्ने र छेडा–ढुङ्गील–ढिमे–पैंक–ब्याउलीढुङ्गा हुदै जुम्ला जोड्ने अन्तर जिल्ला स्तरीय दुई महत्वपूण मोटरबाटो भएता पनि हाल प्रदेश सभा र प्रतिनिधि सभाका जनप्रतिनिधिहरू माैन रहेका छन ।

हाल अबिरल बषा पछि शिवालय गाउँपालिका–१ स्थित मोर्कखोलामा मोटरेवलपुलको निर्माण कार्यपुरा नभएपछि छेठा थलह ,सुवानाउली ,दशेरा जाने यातायातका साधनहर अस्तबेसत भएका छन भने स्थानियहरूले सास्ति भाग्न बाध्य भएका छन ।  पश्चिम जाजरकोटका आम नागरिकहरु थाप्लोमा भारी बोकेर पैदल हिड्न बाध्य छन् । असोज महिना देखि असार महिनाको पहिलो हप्तासम्म गाडीको सेवा लिदै आएका पश्चिमका नागरिकहरु बर्षायाममा निकै ठुलो कष्ट उठाउन बाध्य भएका छन् । शिक्षा र स्वास्थ्यका लागि सुर्खेत, नेपालगञ्ज, काठमाण्डौं लगाएतका ठाउँहरुमा जान–आउनलाई महिला, बालबालिका र बृद्धहरु,तथा बिरामिहरू निकै ठुलो कठिनाई भोग्नु परिरहेको छ । मोर्कखोलामा बन्न लागेको पुल बन्न नसकेपछि उनीहरुले यस्तो सास्ती खेप्नु पर्ने अबस्था आएको हो ।

 नुन मात्र हैन शरिरमा लगाउने टालो र पेटमा खाने गाँससमेत थाप्लोमा बोकेर ल्याउन नेपालगञ्ज पुग्नुपर्ने अबस्थावाट उनमुक्ति पाएको महसुस गरेका पश्चिम जाजरकोटबासीका दुःख पुरानै अबस्थमा छन् । शिवालय गाउँपालिका–१ मोर्कखोलामा निर्माण कार्य सुरुगरेको ६ बर्ष बितिसक्दा पनि मोटरेवलपुल बन्न नसकेपछि पुरानै दुःख खेप्न पश्चिम जाजरकोटका नागरिक बाध्य भएका हुन् । ‘सिंहदरवारको अधिकार गाउँमै आईपुगेको छ । जताततै समृद्धीका राजनैतिक नारा लगाउने गरिएको छ तर, जनताले पाईराखेको सास्ती भने उस्तै छ । जनप्रतिनिधिहरू जनताकाे करबाट माेटरसाइकल चडेर झुलुङगे पुलकाे बाटाे गरी अावतजावत गरेता पनि स्थानिय जन्ताभने पुरानै सहिलीमा पैदल यात्रा गर्न बाध्यता रहेकाे स्थानियहरूले बताए ।

भदाै ३ गते मात्र जिल्लाकाे जुनिचाँदे गाउँपालिका वडा न ४ लुहादका बहादुर चदाराकाे छाेरा बर्ष ५ काे महेश चदारा बाढिले बगाउदा ज्यान गएकाे र अावश्यक राहत काे लागि जिल्ला सदरमुकाम खलंगा ल्याउदा बाेकेर पुर्याउन २ दिनकाे बाटाे सब बाेकेर ल्याएकाे अभिभावक बहादुर चदाराले बताए । चदाराका अनुसार अाफै छाेराकाे ज्यान गएकाेमा पिडित हामि झन यातायातका साधन माेर्क खाेलाका कारण  अावत जावतमा बन्द भएका दुइ दिनकाे पहिदल यात्रा गरेर जिल्ला सदरमुकाम खलंगा पुगेकाे बताए ।

स्थानिय सरकारले सञ्चालन गरेकाे अस्थायी समस्या समाधान पनि असफल
मोटरवाटो, विद्युत, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य जस्ता सामाजिक बिषयलाई राजनैतिक नारा दिएर चुनाव जितेका स्थानीय तहका जनप्रतिनीधिहरुलाई मोर्कखोला मोटरेवल पुलले नजवाफ बनाउन थालेपछि गाउँ तथा नगरपालिकाका अध्यक्ष÷प्रमुखहरु समस्यामा परेका छन ।  बर्षादको समयमा मोर्कखोलामा गाडी वारपार गराउनलाई समस्या पैदा भएपछि अस्थायी समस्या समाधान गर्नका लागि कजवय निर्माणका लागि आब २०७४÷०७५ मा शिवालय गाउँपालिकाले ९ लाख, छेडागाड नगरपालिकाले ९ लाख, जुनीचाँदे र कुशे गाउँपालिकाले ६–६ लाख बिनियोजन गरेका थिए । तीन गाउँपालिका र एक नगरपालिकाले बिनियोजन गरेको ३० लाख जम्मा भएपछि जिल्ला प्राविधिक कार्यालय, जाजरकोटले ३० लाखको प्राबिधिक स्टामेट तयार गरि कजवय निर्माणको लागि टेण्डर आह्वान गरेको थियो ।

मोर्कखोलामा कजवय निर्माणका लागि जिल्ला प्राविधिक कार्यालयसंग सम्झौता गरेको निर्माण कम्पनीले प्राविधिक स्टामेट अनुसारको काम गर्न नसकेको प्राविधिक कर्णबहादुर सिंहको भनाई रहेको छ । प्राविधिक मुल्याङ्कण अनुसार मोर्कखोलामा कजवय निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीले १८ लाख भन्दा बढी भुक्तानी लिई सकेका छन् । १८ लाख भन्दा बढी भुक्तानी भईसकेको कजवय पनि पानीको बहाव बढी भएपछि बेकामे भएको छ । उक्त कजवयवाट गाडी वारपार गर्न सक्ने अबस्था छैन् । गाडी सञ्चालन गर्नसक्ने अबस्था नभएपछि नागरिकहरु कष्टपूर्ण पैदल यात्रा गर्न बाध्य भएका छन् ।

अाधा रकम भुक्तानी लिएको कम्पनीले किन बनाएन माेटर पुल

तत्कालिन जिल्ला विकास समिति, जाजरकोटले मोर्कखोला पुल निर्माणको लागि टेन्डर आह्वान गरेपछि दर्जनौं निर्माण कम्पनीले आ–आफ्नो आर्थिक तथा प्राविधिक प्रस्थापना पेश गरेका थिए । आर्थिक तथा प्राविधिक प्रस्थापना छनौट समितिको मुल्याङ्कणका आधारमा तत्कालिन जिल्ला विकास समिति, जाजरकोटको कार्यालय र सर्वोउद्धार फ्रेन्स जेभी कोटेश्वर–३५ काठमाण्डौं बिच २०६९ साल असार २५ गते भ्याट बाहेक १ करोड ४६ लाख ८० हजारको लागतमा उक्त मोटरेवल पुल निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता गरिएको थियो ।

उक्त पुल निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनी सर्वोउद्धार फ्रेन्स जेभी कोटेश्वर–३५ काठमाण्डौंले २०७० साल पुस २४ गते भित्रै काम सम्पन्न गरिसक्ने भनेर सम्झौता पत्रमा हस्ताक्षर गर्नुको साथै कम्पनीको छाँप पनि लगाएको थियो । १८ महिनामै काम सम्पन्न गरिसक्ने गरि काम जिम्मा लिएको निर्माण कम्पनीले तोकिएको समय सीमा भित्र पुलका पिल्लर निर्माण कार्य पनि सम्पन्न गर्न नसकेको शिवालय गाउँपालिका–१ का वडा अध्यक्ष मानबहादुर पुनको भनाई रहेको छ ।

कामको प्राविधिक मुल्याङ्कणका आधारमा कार्यालयले उक्त निर्माण कम्पनीलाई ९१ लाख ८४ हजार भुक्तानी दिई सकेको कार्यालयका लेखापाल प्रेमबहादुर बुढाले जानकारी दिए । झण्डै पौने ९२ लाख भुक्तानी लिएर पनि पिल्लर निर्माणकै कामलाई पुरा नगर्ने निर्माण कम्पनीलाई तत्कालिन जिल्ला बिकास समितिले पत्र लेखेपछि सर्वोउद्धार फ्रेन्स जेभी कोटेश्वर–३५ काठमाण्डौंले म्याद थपको लागि जिल्ला बिकास समितिलाई निवेदन दिएको कार्यालयले जनाएको छ । निर्माण कम्पनीले म्याद थपको लागि कार्यालयलाई दिएको निवेदनका आधारमा कार्यालयले निर्माण कार्य सम्पन्न गर्नका लागि २०७३ साल माघ ३० गते सम्मको लागि म्याद थप गरेको थियो ।

निवेदन दिएर म्याद थप गरेको निर्माण कम्पनीले म्याद थप गरेपछि कामको सिन्कोसम्म नभाँचेको निर्माण कम्पनीलाई कालो सुचीमा राख्नका लागि कार्यालयले राष्ट्रिय स्तरको पत्रिका मार्फत सुचना सार्वजनिक गरेको थियो । कार्यालयले सार्वजनिक गरेको सुचनाको कुनै प्रवाह नगरपछि तत्कालिन जिल्ला विकास समिति, जाजरकोटले सर्वोउद्धार फ्रेन्स जेभी कोटेश्वर–३५ काठमाण्डौंलाई कालो सुचीमा राख्न २०७३ साल चैत १४ गते सार्वजनिक खरीद अनुगमन कार्यालय, काठमाण्डौंलाई पत्र लेखेको थियो ।

कार्यालयले लेखेको पत्रका आधारमा सार्वजनिक खरीद अनुगमन कार्यालय, काठमाण्डौंले सर्वोउद्धार फ्रेन्स जेभी कोटेश्वर–३५ काठमाण्डौंलाई कालो सुचीमा राखेको थियो । फर्म कालो सुचीमा राखिएपछि सर्वोउद्धार फ्रेन्स जेभी कोटेश्वर–३५ काठमाण्डौंका द्धय प्रोपराईटर हरिबहादुर लामा र पुष्पराज बज्गाईले फर्मलाई कालो सुचीवाट हटाईपाऊ भनि सर्वोच्व अदालतमा रिट दायर गरेको तत्कालिन स्थानीय बिकास अधिकारी रुद्रप्रशाद पण्डीतले जानकारी दिएका थिए । सर्वोउद्धार फ्रेन्स जेभी कोटेश्वर–३५ काठमाण्डौंका द्धय प्रोपराईटरले दायर गरेको रिटका आधारमा सर्वोच्व अदालतले अन्तरिम आदेश जारी गर्दै सार्वजनिक खरीद अनुगमन कार्यालय, काठमाण्डौंले सर्वोउद्धार फ्रेन्स जेभी कोटेश्वर–३५ काठमाण्डौंलाई कालो सुचीवाट हटाएको जिल्ला समुन्वय अधिकारी कमलराज भण्डारीले जानकारी दिए । उक्त पुलको विषय अदालतमा विचारधिन अबस्थामा रहेकाले पुल निर्माणको ठेक्का तोढी नयाँ ठेक्का खोल्न नमिल्ने समुन्वय अधिकारी भण्डारीको भनाई रहेको छ ।नगरपालिकाको स्क्यावेटर प्रयोग गरेर पानीको बाहवलाई कजवयको दाँया वाँयावाट निकास हुने गराएर भत्केकाे ठाउमा तार जालि भरी  तत्काल गाडी सञ्चालन गर्न सकिने वनाउने सोचमा आफु पुगेको छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराको भनाई रहेको छ ।


ताजा समाचार