Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

जाजरकाेटमा नमुना जोडीले रोके बालबिबाह

जाजरकाेट,७ भदाै । भेरी नगरपालिका–११ जगतिपुरमा बुधवार हुन लागेको बालबिबाह रोकिएको छ । बाताबरणीय कृषि तथा बिकास केन्द्र (केड) को आर्थिक सहयोगमा बहँु आयामीक विकास तथा अध्ययन मञ्च, जाजरकोटले सञ्चालन गरेको महिला–किशोरी तथा बाल अधिकार कार्यक्रमका नमुना जोडीको पहलमा हुन लागेको बालबिबाह रोकिएको हो ।

भेरी नगरपालिका–११ जगतिपुरका १९ बर्षिय राजेन्द्र विक र १८ बर्षिय सरस्वती विक विच हुन लागेको बालबिबाहलाई महिला–किशोरी तथा बाल अधिकार कार्यक्रमका नमुना जोडी तथा अभियानीकर्ता चित्रप्रशाद आचार्य र रुपा आचार्यको सक्रियतामा महिला सञ्जाल र ईलाका प्रहरी कार्यालय जगतीपुरसंगको सहकार्यमा बालबिबाह रोकिएको बहँु आयामीक विकास तथा अध्ययन मञ्च, जाजरकोटका कार्यक्रम अधिकृत सुमित्रा बिकले जानकारी दिईन ।

अधिकृत विकले दिएको जानकारी अनुसार राजेन्द्र विकले ४ कक्षा अध्ययन गरेर पढाई छोडेका हुन् भने, सरस्वती विक निरिक्षर हुन् । केटा र केटीका अविभाबकलाई रोवरमा राखेर २० बर्ष उमेर पुरा भएपछि मात्र बिबाह गरिदिने सर्तमा केटा र केटीलाई आ–आफ्नो घरमा पठाईएको वताईएको छ । उक्त केटा र केटीले पनि २० बर्षपछि मात्र बिबाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


ताजा समाचार