Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

प्रकाण्ड पछि विप्लव समुहका अर्का नेता पक्राउ परे


भदौ ७, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरे लगत्तै अर्का एक केन्द्रिय नेता पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार काठमाडौंको थानकोटबाट नेकपाका केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप केही खुलाएको छैन ।

यसअघि प्रहरीले पार्टीका प्रवक्ता प्रकाण्डलाई पक्राउ गरि मुद्धा चलाइ सकेको छ । आफ्ना नेता पक्राउ परेपछि नेकपाका महासचिव नेत्त्र विक्रम चन्द विप्लवले बिहीबार विज्ञप्ति मार्फत आपत्ति जनाएका छन् ।

विप्लवले बिहीबार जारी गरेको विज्ञप्तिमा श्रृंखलापूर्ण गिरफ्तारी तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले थुनामा राखिएका सबै नेता–कार्यकर्तालाई ससम्मान रिहा गर्न आग्रह गरेका छन् ।


ताजा समाचार