Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

कञ्चनपुरको आन्दोलन यस कारण रहस्यमय बन्दै, कस्ले चलायो गोली ?

कञ्चनपुर  ।  निर्मला पन्तको बलात्कार पछि हत्याको विरोधमा कञ्चनपुरमा भएको प्रदर्शन रहस्यमय बन्दै गएको छ । केही दिन देखि लगातार विरोध प्रदर्शन भइरहेको छ । विहिवार भएको प्रदर्शनमा गोली चलेपछि ४ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको अस्पताले जानकारी दिएको छ ।

घाइते हुनेमा तीर्थप्रसाद पनेरू, अर्जुन भण्डारी र सन्तोष कठरिया र तेज भट्ट छन् । केहीको खुट्टामा र टाउकोमा गोली लागेको छ । उनीहरूको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनमा गोली कस्ले चलायो भन्ने यतिवेला खुल्दुलिको बिषय बनेको छ । प्रदर्शनकारीले प्रहरीले गोली चलाएको बताएका छन् । तर प्रहरीले भने आफेले गोली नचलाएको जनाएको छ ।

निर्मला पन्त हत्याको विरोधमा बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । बुधवारसम्म सदरमुकाम महेन्द्रनगरमा सीमित रहेको आन्दोलन बिहिबार जिल्लाभरि फैलिएको छ । प्रहरीले हत्याका मुख्य अभियुक्तलाई बचाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलनकारी थप आक्रोशित भएका छन् ।

प्रदर्शनकारी माथी गोली कसले चलायो ?

प्रर्दशनकारी माथी गोली आफुले नभई अरु कसैले गोली चलाएको प्रहरीले बताएको छ । हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि कसले गोली चलायो भन्नेमा प्रहरी भने स्पष्ट जवाफ दिएको छैन यद्धपी आफुले गोली नचलाएको जनाई सकेको छ ।

कञ्चनपुर प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले भने ः प्रहरीले गोलि चलाएको छैन् । उनले, ‘प्रहरीले गोली चलाएको छैन, के कति कारणले गोली चलेको हो त्यसको हामी अनुसन्धान गर्दैछौ ।’ उता प्रत्यक्षदर्शी पत्रकार अम्बादत्त तिवारीले चाँही प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाएको बताएका छन् ।


ताजा समाचार