Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

कागति खेतीमा आकर्षण बढदै किसान


जाजरकोट,७ भदौ । जाजरकोटको छेडागाड नगरपालिका वडा न १० गामका कृषकहरु दैनीक कागति ब्यवसायमा आर्कषीत हुन लागेका छन ।गाउँमा प्रसस्त स्रोत साधन र जनशक्तिको प्रचुल सम्भावना भएता पनि हाल सेभ द चिल्द्रेनको आर्थिक सहयोग तथा पाचँतारा युवा संरक्षण मञ्च जाजरकोट बाट सञ्चालीत जिबिको पार्जन कार्यक्रम सञ्चालन भए पछि हाल परमपरागत पेसा लाई थाति राखि कागति ब्यवसाय सञ्चालन गरिएको लेखालि फलफुल तथा कृषक समुहका अध्यक्ष बिरबल बुढाले जानकारी दिए ।

बुढाका अनुसार “पहिले खेतमा गोदो ,मकै ,धान , गउँ खेती गर्थेउ बर्ष भरी १५ सय अन्नपात हुन्थ्यो हाल पाचतारारको कार्यक्रमले हामिलाई समुहमा आवद गरि ब्यवसायि गदा लाखौ आम्दानी हुने भएकोले हाल २५ जना कृषकहरु ब्यवसायीक कागती खेती गरि रहेका छौं ।”हाल ब्यवसाय बाट टिमुरका बुटा ,कागतीका बुटा ,उमार्ने तथा बिक्रि बितरण गर्ने गरेको समुहका सदस्य कृष्ण बहादुर बुढाले जानकारी दिए ।

बुढाका अनुसार दश बर्षे द्धन्दमा होमिएको घरवार बिहिन भएको १४ बर्षको उमेरमा बुवाको ज्यान गएको आफु भारतको मजदुरीले आत्मनिर्भर हुदै आएकोमा हाल पाच तारा जाजरकोटले कागति ब्यवसाय सञ्चालनको लागि आधारभुत सिप बिकास तालीम लिई ब्यवसाय सञ्चालन गरेको बताए हाल उत्त ब्यवसाय बाट ५ घर परिवार पालन पोषण गरि घर निर्माण , जग्गा खरिद ,बालबच्चा बिद्यालय पठन पाठन गर्ने खर्च ब्यवसाय बाट आत्म निर्भर भए पछि थप आर्कषक भएको बताए ।

हाल ब्यवसाय बाट कागति उपयुक्त प्रबिधि कतै नपाउने भए पछि स्थानिय स्थरमा काठे कोल बाट कागति पेल्ने काम अगाडि बढाएको समुहका सदस्य गगन बहादुर बुढाले जानकारी दिए । ब्यवसाय बाट उत्तपादन गरेको बस्तु हाल प्याकेजि¨,लेवली¨, यातायातको सुविधा नभएकोले हाल ड्रममा बोकेर बजार पु¥याउन बाध्यता रहेको बताए । ब्यवसाय सञ्चालन गर्नको लागि सेभ द चिल्द्रेनको आर्थिक सहयोग बाट ड्रम ,क्यारेड,बाटा,जग,पोखरी पाल,लगाएतका थुप्रै सामाग्रि पाएको समुहका अध्यक्ष बुढाले जानकारी दिए ।

हाल समुहमा आवश्यक सिचाई मर्मतको लागि माग गरिएको बताए । यस्तै नेपालगञ्ज महोत्सव सुर्खेत महोत्सबमा पाच ताराको आर्थिक सहयोगमा स्टल राखि कारोवार गरि ब्यवसायि कागति खेतीलाई थप अगाढि बढाउने हौसला प्रदान भएको समुहका सदस्य हरुले बताए । उता एकिकृत परियोजना अन्र्तगत बाल कल्यानका लागि जिविको पार्जन तथा पोषण सुधार कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक अधिकारीका अनुसार सेभ द चिल्द्रेनको आर्थिक सहयोग पाचतारा युवा संरक्षण मञ्च जाजरकोट बाट सञ्चालीत कार्यक्रम बाट ब्यवसाय सञ्चालनको लागि माग अनुसारको सिप बिकास तालीम र प्रबिधि हस्तान्तरण गरि ब्यरोजगार किसानहरु लाइ हाल रोजगारी बनाएको बताए ।

अधिकारीले भने कृषक समुहले हाल ब्यवसाय निरन्तरता दिएकोले कार्यक्रमको लमसमा टेकेर समुहको जायज मागलाई सम्बोधन गर्ने बताए । भदौ ३ गते संयोजक अधिकारी स्थलगत अनुगमनमा गमका पुगि समुहले गरेको कामको अनुगमन गर्दै ब्यवसाय लाई थप स्थरउन्नती गर्नको लागि कार्यक्रममा खर्च गर्न मिल्ने अनुसार छलफल गरेर काम अगाढि बढाउने बताए । अधिकारीले दुर्गमका बस्तीमा कार्यक्रम सञ्चालन गरिएको कृषकहरु लाई प्रचारप्रसारको लागि नेपालगञ्ज, सुर्खेत महोत्सवमा कार्यक्रमको आर्थिक सहयोगमा पठाएको समुहको माग मेशिन रहेकोले हाल मेसिन खरिद गर्ने मेशिन नपाएको बताए । समुहका अधिकांस सदस्यहरुले समुहमा कागति बोतल ,स्टीकर ,सिल,रस मेशिन ,आवश्यक रहेको कार्यक्रममा भएसम्म बजेट बिनियोजन गरि तत्काल माग संसोधन गर्न समेत आग्रह गरेका थिए ।                   

                                        कागति खेति बाट २५ लाख आमदानी

लेखाली फलफुल तथा कृषक समुहले आर्थिक बर्ष २०७४÷२०७५ मा २५ लाखको आमदानि गरेको छ । छेडागाड नगरपालिका वडा न १० मा ५ हजार उबजनी नहुने ठाउमा २५ लाख आमदानि गरेको छ । २५ जनाको समुहले कागतीको बोटा ,टिमुरको बोटा , कागतिको रस बिक्री गरेर सो रकम आमदानि गरेको समुहका अध्यक्ष बलबीर बढाले बताए । हाल स्थानमा सडक नहुदा बोकेर बजार पुयाउनु पर्ने बाध्यता रहेको छ । उत्पादन गरिएको कागती सुर्खेत, जाजरकोट,दा¨,काठमाण्डौ , जाने गरेको अध्यक्ष बुढाले बताए । उता छेडागाड नगरपालिकाका नगर प्रमुख लाल बहादुर महताराले वडा न १० रहेको उत्त समुहलाई आवश्यक्ता हेरेर नगर बाट सहयोग गर्ने बताए । प्रमुख महताराका अनुसार छेडागाड नगरपालिकाका केहि त्यस्ता ठाउ“ हरुमा आलुको बिउ उत्तपादन ,टिमुर खेति,कागति खेति लाई वातावरण हेरेर पकेट क्षेत्रको रुपमा काम गर्ने समेत जानकारी दिए ।


ताजा समाचार