Loading... आजः शुक्रबार, अशोज १, २०७८

विपद् व्यवस्थापन समिति द्धारा बाढिपहिरो बाट भएका क्षतिपुर्तिको राहत वर्गीरकण


जाजरकाेट,६ भदाै । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटले बाढिपहिरो बाट भएका क्षतिपुर्तिको वर्गीरकण गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतको अध्यक्षताम बसेको बैठकले जिल्लाका बिभिन्न ठाउँमा भएका बाढि पहिरोबाट क्षती भएका पिडित लाई क्षत्तिको बिवरण हेरेर राहत उपलब्ध गराउने भएको हो ।

वर्गीकरण अनुसार वाढी पहिरामा परी मृत्यु भएकाका परिवारलाइ प्रकोप पिडीत उद्धार र राहत सम्बन्धी मापदण्ड (छैठौ संशोधन ) २०७४ बमोजिम जनही १ लाख राहत दिने र घर पहिरोले पुरेका वा खोलाले पूर्ण रूपमा बगाएको खाद्यान्न ,लतकपडा ,लगाएत घर पूर्ण रुपमा नष्ट भई विस्थाबित हुन पुगेका र अन्यत्र केही कतै घर नभएका परिवारलाई ५० हजार राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै विपद्को घटना बाट खाद्यन्ना ,लत्ताकपडा लगाएत घर नष्ट भएका परिवारलाई रेडक्रस जिल्ला शाखा जाजरकोट बाट त्रिपाल तथा तत्काल गुजराका सामानको राहात प्याकेट उपलब्ध गराइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।

सोही अनुसार नलगाड नगरपालिकाम बिस्थापित रहेका परिवारलाई नेपाल रेडक्रस जाजरकोट बाट पिडितहरुलाई त्रिपाल मात्र उपलब्ध गराउने जिल्ला सदरमुकाम देखि प्रकोप स्थानसम्म सामाग्री ढुवानी गर्नको लागि बजेट ब्यवस्थापन गर्ने समेत आज निर्णय गरिएको प्रजिअ बस्नेतले बताए । प्रकोप बाट आशिक रुपमा घर क्षती भएको तत्काल बासबस्नको ब्यवस्था भएको परिवारलाइ २० हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

बुधवार बसेको बैठकमा भदौ २ गते जुनिचाँदे गाउँपालिका वडा न ४ लुहादह बस्ने बहादुर चदाराका ५ बर्षिय छोरा महेश चदाराको बाढिले बगाएर मृत्यू भएको मृतकका हकवाला बाबा बहादुर चदारा लाई १ लाख र भेरी नगरपालिका १ डौरीकाँडा बस्ने खिम बहादुर चदाराका १३ बर्षिय छारी पुष्पा चदाराको दारखोलामा आएको बाढिले मृत्यू भएको थियो साथै मृतकका हकवाला खिम बहादुर चदारालाइ १ लाख दिने निर्णय समेत गरेको थियो ।

हाल नलगाड नगरपालिकाले वाढी , पहिरोबाट भएको क्षतिका विषयमा अध्यायन गर्न गठित कार्यदलले प्रतिवेदन वुझाएको छ । जिल्ला भरि भएको जनधनको क्षती हाल एकिन बिवरण नआएकोले गाउँ गाउँमा प्रहरी परिचालन गरि बिवरण ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रबिन्द्र बहादुर सिंहले बताए । नलगाडको कार्यदलले वुझाएको प्रतिवेदन अनुसार नलगाड नगरपालिका भित्रका सवै वडामा भएको क्षतिको बिवरण संकलन गरिएको छ ।

सार्वजानिक गरिएको प्रतिवेदन अनुसार बाढी पहिरोबाट जोखिममा परेका परिवारको संख्य ८२ रहेको छ । विपत बाट विस्थापित परिवार संख्य ४३ , आशिंक रुपमा क्षेति भएका घरको संख्य १५ , विपतबाट पुर्ण रुपमा घरखेति क्षेति भएका परिवारको संख्य २६ रहेको छ । ३ वटा मिल , ४३ वटा पानी घट्ट वगाएको छ ।


ताजा समाचार