Loading... आजः बुधबार, कार्तिक ५, २०७७

खाेलाले बगाएर दुर्इकाे मृत्यु

जाजरकोट । जाजरकोटमा एकै दिनमा दुई जना लाई खोलाले वगाएर मृत्यू भएको छ । मृत्यु हुनेमा  जिल्लाकाे जाजरकोट जुनिचाँदे गाउँपालिका ४ लुहादह ६ वर्षीय महेश चदाराको खोलाले बगाएर मृत्यू भएको छ । भदाै ३ गते बिहान अभिवाभक संग घरबाट कोर्ताङ् जाने क्रममा बडा खोलाले बगाई मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए ।

यस्ताै अर्काे मृत्यु हुनेमा  भेरी नगरपालिका वडा १ डौरीकाँडाकी १५ वर्षीय पुष्पा चदाराको मिलमा मकै पिसाउन जाने क्रममो दारखोला तर्ने क्रममा खोलाले बगाई मृत्यू भएको समेत जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ  ।हाल मृतककाे सब जिल्ला सदरमुकाम खलंगाम ल्याइ पाेष्टमाटम गरि अाफन्तकाे जिम्मा लगाएकाे प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए ।

बस्नेतका अनुसार हाल सबै कागजागत जम्मा गर्ने काम भएकाेले भाेली जिल्ला दैविक उद्धार समितिकाे बैठक बसि मृतकका अाफन्त लाइ राहत रकम हस्तान्तरण गर्ने तयारी भएकाे बताए ।


ताजा समाचार