Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

मादल उद्योगले बनायो स्वरोजगार


जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा न १मा स्थानीय रुपमा बसोबास गर्दै आएका तिले बादी र उनकी श्रीमती सुन्तकि बादि २०५२ साल देखि १० बर्से शस्त्र द्वन्दमा बिस्थाबित भएर जिल्लाको बारेकोट गाउँपालिका सिर्के जिउलाम ओटारमा करिब ४ बर्षे दुस्ख कस्ट गर्दौ दिनहरु बिताएको हाल मादल उद्योग सञ्चालन गरेका छन । दश बर्षे शस्त्र द्धन्दको शान्ति सम्झौता भएपछि आफनो जन्म थलो रावतगाउँ फर्किएका तिले बादिले २०६३ साल देखि ब्यबसायिकरुपमा मादल उद्योग सञ्चालन गरिएको तिले बादीले जानकारी दिए ।

सञ्चालक बादिका अनुसार परम्परागत बाबु बाजेको मादल बनाउने सिप अनुसार ७ छोरीका बुवा बादी दैनिक छाक टार्नको लागि बारेकोटको ओडारमा दैनिक मादल बनाउने माछा मार्ने लगाएतको काम गर्ने गरेको बताए । उनिले आखा भरि आसु पार्दै भने दिन भरि ओढारमा मादन निर्माण गर्ने आएको पैसाले ७ छोरीको छाक टार्न हम्मे हुन्थ्यो । नत छोरा छोरी लाइ बिद्यालय पढाउन सकियो नत कुनैे चाडबाढमा मिठो मसिनो खानेकुरा खुवाउन सकिनथ्यो । उनले भने । कसैले दुई रुपैया दियो तेहि रुको निक्लो छाक टार्थयौ । बादी भने ।

करिब ४ बर्षको ओढारको यात्रा पछि जन्म थलोमा फर्कि पुर्खेउली जग्गाम सानो खरको छाप्रो निर्माण गरि छोराछोरी आफु सन्तुस्ट भएको बताए । गाउँमा साउँ मालीक गरि सानो ऋण लिएर ब्यवसाय सञ्चालन गरेको समेत सञ्चालक बादिले बताए । भेरीको माछा र जंगलको काठ गर्दै जिवनको यात्रा तय गरेका बादीले हाल जिल्लाको भेरी नगरपालिका वडा न १ मा जाजरकोटी मादल उद्योग दर्ता गरि कार्य सञ्चालन गरेका छन । बादीले सल सम्म ब्यवसाय सञ्चान गरेको करिव १३ बर्ष सम्म कुनैपनि सरोकारवाला निकाए बाट सहयोग नपाएको आर्थिक बर्ष २०७४÷२०७५ मा घरेलु तथा साना उद्योग बिकास समिति बाट आधुनिक मेशिन खरिदको लागि आवश्यक रकम र भेरी नगरपालिका बाट केही अपुग रकम ब्यबस्था गरि भारत बाट अत्याधुनीक मेशिनको अडर गरिएको सञ्चालक बादिले बताए ।

साथै घरेलु उद्योग जाजरकोट र भेरी नगरपालिकाको आर्थिक सहयोगले हाल उद्योग सञ्चालनमा टेवा पुगेको उनले बताए । सबै भन्दा ठुलो मन भए लगानिर सहयोग आफौ हुने भन्दै अन्य ब्यरोजगार लाई पनि ब्यवसायिक बन्न समेत सञ्चालक बादि शन्देस दिन्छन । जिवनमा सबै भन्दा ठुलो सीप भएको भन्दै बादिले नेपालमा चाहे सुन फल्ने भन्दै बिदेश रोजगारीको बिकल्प बैदेशिक रोजगार नभएको बताउछन । हाल उद्योग बाट उत्तपादन गरिएको मादलहरु रिसाङ मौद्या , कलपत , पाली , डिगा , तिमिले , खलंगा , रिम्ना , रुकुम ,गोईलि ,जुम्ला ,कालिकोट ,सुर्खेत जिल्लामा पनि मादल प्रस्सत खपत हुने गरेकोमा हाल आर्थिक अभावरहेकोले ब्यबसाय सञ्चालन गर्न कठिनाइ भएको उद्योगका सञ्चालन बादीले बताए । उद्योग सञ्चान बाट हाल महिनाको ७० हजार सम्म आमदानि हुने उद्योगका सञ्चालक बादिले बताए ।

उद्योग सञ्चालन गरिसके पछि हाल आफनो बसोबासको लागि २ तले पक्कि घर निर्माण जग्गा खरिद ,छोरा छोरीलाई पठन पाठन यहि मादल उद्योग बाट आत्म निर्भर रहेको समेत बताए । हाल दैनिक ३ ओटा मादल निर्माण गर्ने प्रति मादल ४हजार देखि ७ हजार सम्म मादल बिक्री भएको बताए मादल बिशेष गरि तिज दशै तिहारमा बढि खपत हुने गरेका छन । उद्योग सञ्चालन गरेपछि गाउँमा मान इजत र प्रतिस्टा सम्बन्ध पनि बलियो भएको उद्योगका सञ्चालक बादिले बताए ।हाल उद्योगमा अप्रत्यक्ष कामदार राखेर अहिले मादल निर्माण गरिरहेको बताए । आफु १० बर्षे जनयुद्धमा तालिम गर्ने मादल बनाएको भन्दै सरकार पक्षले आफुलाई अपहरण गरि राज्य पक्ष बाट विभिन्न पिडा भोगेको हाल जनयूद्धमा घाइते र बिस्थाबित भएकोमा राहत बाट बन्चति भएको बताए । उद्योग हाल सुन्तोगि बादी , तिले बादि भेरी नगरपालिका वडा न १ रावत गाउँमा सञ्चालन गरेका छन ।


ताजा समाचार